arrow

एनसेलले दियो श्रेष्ठलाई बाइक

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
M-P--MED-Pvt-Ltd.jpeg
काठमाडौं। देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेम कृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ। एमपि मेड प्रा.लि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्य एक हो।
 
श्रेष्ठलाई एनसेलको  बागमति सेल्स टिमले एक कार्यक्रम माझ सो बाइक उपहार प्रदान गरेको थियो। एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो। रिटेलरहरुले  उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन्। एमपि मेड प्रा.लि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो।
 
यस अधि यो योजना अन्र्तगत मित्रनगर, नयाँ बसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठले  स्कुटर उपहार पाएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ