arrow

विभिन्न धर्ममा शाकाहारीको महत्व र यसको नियम

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
Vegetarian_Curry.jpeg
काठमाडौ। शाकाहारी भोजन हिन्दू धर्ममा मात्रै होर्इन अन्यधर्ममा पनि उत्तिकै महत्वका साथ हेर्ने गरिएको छ। सनातन हिन्दू धर्ममा शाकाहारी भोजनलार्इ प्रोत्साहन गरिएको छ । जैन धर्ममा नैतिक आचरणको रुपमा शाकाहारी बन्न शिक्षा दिएको छ । जैन धर्मलार्इ हिन्दू धर्मको कुनै प्रमुख सम्प्रदायको रुपमा लिने गरिएको छ। 
 
सामान्यतया स् बौद्ध भर्मले पनि मासु खाने चलनलार्इ निशेध नै त गरेको छैन । तरपनि महायानीहरु बौद्ध धर्मको दयाको धर्मको भावना विपरित हुने भएकोले मासु नखानु नै उत्तम हुने धारणा राख्ने गर्दछ । सिख धरेमले आहारालाई त्यस्तो महत्व दिएर विश्लेषण गरेको पाईँदैन । तर पनि आध्यात्मिकताको लागि पनि आहारमा शाकाहारी या मां‌शाहारी आहारा निर्दिष्ट गरिएको छैन । विभिन्न धर्ममा शाकाहारीको महत्व कस्तो छः
 
हिन्दू धर्म
हिन्दू धर्मको सबैभन्दा उत्तम पथ नै शाकाहारी भोजन गर्नु रहेको पूर्वीय शास्त्रहरूमा उल्लेख गर्ने गरिएको छ । हिन्दू धर्ममा शाकाहारी बन्नुको मुख्य तीन कारण रहने गरेको छ । पहिलो प्राणीको अहिंशाको सिद्धान्त, आराध्यदेवको शुद्ध शाकाहारी भोजन गर्ने नियम र मांशाहारी भोजन मस्तिसक तथा आध्यात्मिक भोजनका लागि हानिकारक रहनु । 
 
हिन्दू धर्मालम्बीहरूले मासु नखाएपनि दूध र डेरी सामग्रीको भने प्रयोग गर्ने गरेका छन् । त्यसकारण हिन्दू धर्मालम्बीहरूलाई लेक्टोशाकाहारी पनि भन्ने गरिएको छ । तर कतिपय हिँदू धर्मालम्बीहरूले आफ्नो स्थानीय परम्परा अनुसार छुट्टै किसिमको भोजन गर्ने चलन पनि रहेको बताईन्छ । 
 
बौद्ध धर्म
थैरवादी या स्थविरवादी बौद्ध धर्मालम्वीहरु मासु खाने गर्दछन् । तर अन्य सम्प्रदायका बौद्ध भिक्षुहरुले विशेष रूपबाट खानको लागि कुनैपनि पशुलाई मारेको देखे, सुने या थाहापाएमा यसको इन्कार गर्ने गर्दछन् अथवा यसलाई अपराधको रुपमा लिने गर्दछन् । तर, भिक्षाबाट प्राप्त मासु, अथवा, वाणिज्यिक रुपमा खरीद गरीमासु खाँदा भने माथि भनिएजस्तो अपराध नमान्ने बताईन्छ । थैरवादममा बुद्धमा मासु खान हतोत्साहित गर्नेखालको कुनैपनि टिप्पणी गरिएको छैन । 
 
महायान बौद्ध धर्ममा यस्ताअनेक संस्कृत ग्रंथहरु छन् । बुद्ध आफ्नो अनुयायीको मासुबाट टाढै रहन निर्देश गर्दछन् । महायान बौद्ध धर्मको प्रत्येक शाखाहरुले आ–आफ्नै किसिमको सूत्र परिपालना गर्ने गरेका छन् । तिब्बत र जापानी बौद्ध धर्मालम्बीहरु मध्इे अधिकांशले बहुमत महायानीहरू मासु खाँदैनन् तर चिनियाँ महायानीहरु मासु खाने गर्दछन् । 
 
ईसाई धर्म
मौजूदा ईसाई संस्कृति सामान्य रूपमा शाकाहार होईनन् । इसाई धर्महरु मध्ये एडवेंटिस्ट तथा पारम्परिक मोनैस्टिक शाखाका सम्प्रदाय मांसाहारहरु हुन्। यसका अलावा ऑर्थोडक्स चर्चका सदस्य ुउपवासु को दौरानमा शाकाहारी आहार खाने गर्दछन् । शाकाहारीको अवधारणाअथवा चलनको आध्यात्मिक तथा ऐतिहासिक समर्थन प्राप्त रहेको बताईन्छ । 
 
ईसाई धर्ममा एक क्वेकर परम्परा रहेको छ जुन १८ ओं शताब्दीदेखि चल्दै आएको विश्वास गरिन्छ । यस परम्पराको शाकाहारीसँग एक मनवूत सम्बन्ध रहेको थियो  । रक्सीको सेवन, जीवहरुको हत्या अथवा सामाजिक पवित्रताको सम्बन्धमा क्वेकरपरङ्गपरा पनि जोडिएर आउने गरेको छ । 
 
इस्लाम
मुसलमान या त इस्लाम धर्मका अनुयायीहरु चिकित्सकीय कारणले र व्यक्तिगत कारणले पनि मासुको स्वाद नपाएकाहरूलाई मात्रै शाकाहारीको रुपमा लिने गरिएको छ । गैर चिकित्सकीय कारणबाट शाकाहारी बन्नुको विकल्प कहिलेकाही विवादास्पद बन्नसक्छ । 
 
जैन धर्म
जैन धर्मका अनुयायीहरूले मान्ने गरेका छन् कि प्राणीदेखि लिएर निर्जीव पदार्थमा समेत अलगअलग अवस्थाको जीवन हुन्छ । त्यसैले यस्ता पदार्थको नोक्सान कम गर्नको लागि अधिकतम प्रयास गर्नुपर्छ । अधिकांश जैनहरु पनि लेक्टोशाकाहारी हुन्छन् । तर अधिकतम धर्मनिष्ठ जैनहरू कन्दमूल समेत खाने गरेका छैनन् । उनीहरू यस्तो फलफूल मात्रै खानेगरेका छन् कि जुन फलफूल खाँदा बोटविरूवाको मृत्यु हुँदैन त्यही फलफूल मात्रै खान हुन्छ भन्ने उनीहरूको मान्यता रहेको छ । मृत पशुबाट प्राप्त कुनैपनि उत्पादनको उपभोगको अनुमति यस धर्ममा रहँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ