arrow

मेरो दशैं - दशै रारामा परिवारका साथमाः शेखर गोल्छा

logo
प्रकाशित २०७३ असोज २२ शनिबार
shekhar-golchha-fncci.jpeg
काठमाडौं। नेपालमा परम्परागत रुपमा मनाउने भन्दा मारवाणी समुदाय केहि भिन्न रुपमा दशैं मनाउने गर्छ । मारवाणी समुदायकै एक सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उद्यमी शेखर गोल्छा पनि साँस्कृतिक भन्दा पनि सामाजिक र मनोरञ्जनको हिसावले मनाउने गरेको बताउँछन् । उनले हाम्राकुरा डटकमसँग दशै कसरी मनाउँछन भन्ने बारेमा कुरा गरेका थिए । प्रस्तुत छ दशैंका बारेमा उनीसँग गरिएको कुराकानीको सारः
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः म दशैंलाई साँस्कृतिक भन्दा पनि सामाजिक र मनोरञ्जनको हिसावले मनाउन चाहने मान्छे हो । हरेक वर्षको दशैंमा झै यो बर्षमा पनि म आफ्नो परिवारसँग रमाईलो गर्ने र कुनै नयाँ ठाउँमा घुम्न जाने तयारी गरिरहेको छु । यो वर्षको दशैंमा म रारा घुम्न जाने तयारी गर्दैछु । यो वर्षको दशैं मेरो परिवारसँग रारामा वित्छ ।  
 
प्रश्नः जुवा तास कत्तिको खेल्नुहुन्छ ? कुन–कुन खेल खेल्न आउँछ ? 
जवाफः तास खेल्न त अलिहलि आउँछ । तर खासै खेल्ने चलन छैन । परिवारसँग रमाईलो गर्नको लागि म उपत्यकाबाहिर जाने भएकोले पनि खासै खेल्ने फुर्सद छैन । तासको सबै खेल खेल्न भने आउँछ ।  
 
प्रश्नः दशैंमा मासु खानुहुन्छ कि खानुहुन्न ? खानुहुन्न भने के खाएर दशैं मनाउनुहुन्छ ? 
जवाफः दशैंमा मात्रै होईन कहिल्यै पनि केहीको पनि मासु खाने चलन हामीकहाँ छैन । शाकाहारी व्यक्तिले के–के खान्छन् ? त्यही नै मेरो पनि दशैं स्पेशल खाना हो ।  
 
प्रश्नः टीकाटालो गर्दा कस–कसलाई पैसा दिनुहुन्छ, को–को बाट पैसा लिनुहुन्छ ?  
जवाफः दशैंलाई धार्मिक रूपमा नमनाउने भएकोले मैले टीकाटालोलाई पनि प्राथमिकतामा राख्ने गरेको हुन्न । टीकाटालो नै खासै नहुने भएपछि दक्षिणाको कुरै भएन । 
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ कि किन्नुहुन्न ? 
जवाफः दशैंमा स्पेसल्ली नयाँ कपडा किन्ने चलन छैन । चाहिएको बेलामा नयाँ कपडा किनिहालिन्छ । त्यसैले दशें स्पेसल भनेर त्यस्तो केही पनि हुँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ