arrow

महिला विश्वकप छनोटः नेपाल र थाइल्याण्ड भिड्दै

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
Nepali-cricket-team.jpeg
मोङकक । हङकङमा जारी विश्वकप छनोट महिला क्रिकेटको दोस्रो खेलमा नेपालले सोमबार थाइल्याण्डसंग खेल्दैछ ।
 
 खेल नेपाली समयअनुसार बिहान ११.४५ बजे सुरु हुनेछ । एसियाली छनोट समूहको पहिलो खेलमा नेपाल आयोजक हङकङसंग ६ विकेटले पराजित भएकाले पनि थाइल्याण्डमाथि जित हासिल गर्नुपर्ने दबाब रहेको छ । 
 
थाइल्याण्डले भने पहिलो खेलमा चीनलाई ७५ रनले पराजित गरेको थियो । 
 
अर्को खेलमा सोमबार हङकङ र चीन खेल्दैछन् । 
 
एसियाली समूहमा यी चार राष्ट्रबीच आपसमा दुई दुई भिडन्त हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ