arrow

बङ्गलादेशको सीमा क्षेत्रमा आक्रमण म्यानमारका नौ प्रहरीको मृत्यु

logo
प्रकाशित २०७३ असोज २५ मंगलबार
bangladesh-supect-militants.jpeg
याङ्गुन। बङ्गलादेशको सीमा क्षेत्रका आइतबार बिहान सबेरै भएको एक आतङ्ककारी आक्रमणमा नौ म्यानमारका प्रहरी अधिकारीहरु मारिएका छन्.।
 
हालसम्म घटनाको कसैले जिम्मा नलिए पनि म्यानमारका एक जना स्थानीय वरिष्ठ अधिकारी वर्षौंसम्म निस्क्रिय रहेको अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायका सशस्त्र लडाकूउपर आशङका गरिएको बताएका छन्।
 
बिहानै करिब १:३० मा भएको उक्त आक्रमणबाट पश्चिमी म्यानमारको राखिन राज्यमा अवस्थित मोङ्गदाओनजिक रहेका तीनवटा सीमा सुरक्षा चौकीमा क्षति पुगेको छ।
 
राखिन राज्यमा अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदाय बसोबास गर्दै आएका छन् ।
 
यहाँ बारम्बार बौद्धधर्मावलम्बी र मुसलमानबीच जातीय हिंसा र तनाव भै रहन्छ । यस्तै अशान्तिका कारण रोहिङ्ग्या समूदायलाई कष्टकर जीवन गुजार्न वाध्य पारिएको छ ।
 
यस आक्रमणमा परी नौ प्रहरी अधिकारी मृत्यु हुनुको साथै अन्य चार जना घाइते र एक प्रहरी अधिकारी अझै बेपत्ता रहेका राखिन राज्य सरकारका वरिष्ठ अधिकारी टिन माउङ्ग स्वेले एएफपी समाचार समितिलाई बताए।
 
यस आक्रमणमा परी अन्य आठ जना आतङ्ककारी पनि मारिएका स्वेले बताए। रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ