arrow

नदीमा बगिरहेका बालकको उद्धार

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
hamrakura-logo.jpeg
वालिङ । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको अचेत अवस्थामा उद्धार गरिएको छ । 
 
आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गरेका हुन् । “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो”, रेशम पोख्रेलले भने, “बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पु¥याएको थियो, पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफल भएँ ।” 
 
राधा दामोदर आरोग्य वृद्धाश्रममा बस्दै आएकी आमा कमला घिमिरेसँगै बालक बस्दै आएका छन् । 
 
आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने स्थानीय होटल व्यवसायी रेशम पोख्रेललाई ग्रामीण सहारा समाज साँखर, साँखरका स्थानीयवासी र साँखर प्रहरी चौकीले प्रमाणपत्र र दोसल्लाले सम्मान पनि गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ