arrow

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
bishwa-hindu-mahasangh.jpeg
काठमाडौँ । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ । 
 
उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ । 
 
नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १०औँ हजार हिन्दू धर्मका अनुयायीको सहभागिता गराइनेछ । 
 
साधु, सन्त, महन्त, विद्वानको सहभागिता रहने महासम्मेलनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रस्तावसमेत पारित गर्ने महासङ्घका सचिव अस्मिता भण्डारीले जानकारी दिए । 
 
काठमाडौँको वनकालीमा हुने सोही कार्यक्रममा अन्तर्राष्ट्रिय विश्व हिन्दू महासङ्घको नयाँ कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गरिनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ