arrow

अस्पष्ट दिल्ली निर्देशको असर : दलहरु फसादमा, तत्काल समस्या समाधान नहुने

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
Madheshi_Morcha_Leaders.jpg.jpeg
काठमाडौं । तराई–मधेस आन्दोलन तोड्ने उपयुक्त विकल्प खोज्न नसकेका शीर्ष नीन दल र दिल्ली दौडाहापछि काठमाडौ पर्किएका केही मधेसी नेताबीच बिहिबार वार्ता हुने पूर्व कार्यसूची छ । बिहिबार सदन चलाउनकै लागि भएपनि दोहोरो छलफल गर्नुपर्ने आवश्यकता छ । स्वदेश फिर्तिअघि मधेसी मोर्चाका नेताले अब संवादबाटै अघि बढ्ने बताएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको रात्री भोज र भेटले मोर्चाको मन चिसो चिसैमा बदलिएको छ । मोर्चालाई विदेशमन्त्री स्वराजले परराष्ट्रमन्त्री कमल थापासंग भएको चाँर बुँदे रोडम्यापलाई मान्न दबाब दिएए पठाएकी छन् । 
 
संसदमा भएको चर्को विरोधलाई चुनौती दिँदै गल्ती ढाकछोप गरेकी विदेशमन्त्री स्वराजले मोर्चाका नेताहरुलाई घण्टौ सम्झाइन् । तर, मधेसी नेताहरुले हुन्छ या हुँदैन भनेर टाउको रतिभर हल्लाएनन् । दिल्ली दौडाहामा रहेका पाँच नेता मध्ये दुई शीर्ष नेता फर्किए पनि अरु फर्किएका छैनन् । मोर्चाका संयोजक महन्थ ठाकुर र उपेन्द्र यादव बुधबार रातिको जेट एयरवेजबाट काठमाडौं फर्किदा राजेन्द्र महतो र महेन्द्र राय यादव स्वास्थ्य उपचार गर्ने भन्दै केही दिन दिल्लीमै रहने छन् । उनीहरुले दुई ध्रुबबाट अघि बढेका छन् । दिल्ली निर्देश के थियो भन्ने अस्पष्ट छ ।  
 
त्यसर्थ आन्दोलन र वार्ता एक साथ भन्ने बुझिन्छ । तत्काल नाका सहज हुनेमा शंका नै छ । मधेसमा तीन महिनादेखि जारी आन्दोलन र नाकाबन्दीको यथार्थबारे जानकारी गराउन भन्दै दिल्ली हानिएका मोर्चा नेताहरुले फेरि बहाना बनाउँदै सरकारले स्पष्ट अवधारणा र परिणाममुखी कार्ययोजना ल्याउनु पर्ने बताएका छन् । मोर्चाका नेताहरुको यस भनाईले दिल्ली आदेश अनुसार वार्ताको मनसाय देखाएपनि समस्या समाधानका लागि मधेस आन्दोलनको सुरक्षित अवतरणका लागि केही जाल झेन हुने संकेत दिइरहेको छ । मधेसमा आन्दोलन गरिरहेका मोर्चा कार्यकर्ताहरु निराश र तनावमा छन् । तर, नेताहरु फर्किनु अघि मात्रै बुधबार जिल्ला शिक्षा कार्यालय धनुषामा तोडफोड गरे । 
 
मोर्चाका संयोजक महन्थ ठाकुरले स्वदेश फर्कनुअघि काठमाडौं आएर मोर्चा वार्तामा बस्ने र संवादको निरन्तर प्रक्रियाबाटै समाधान खोज्न पहल गर्ने सुनाए । मोर्चा घटक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरू समाधान खोज्नकै लागि दिल्ली नपुगको भन्दै आन्तरिक समस्याको काठमाडौंमै खोजिने बताए ।  राजेन्द्र महतोले सीमांकनको विषय तत्काल किनारा लाग्नु पर्ने बताए । विगतमा भएका यस्तै सम्झौताले धोका खाइसकिएको भन्दै अब उपरान्त त्यस्तो सम्झौता गर्नुअघिनै छिनोफानो हुनुपर्ने महतोको भनाई छ ।
 
महेन्द्र राय यादवले नेपाल सरकारका मन्त्री र राजनीतिक दलका नेताहरू दिल्ली आएर मधेस आन्दोलनबारेमा फैलाएको भ्रमले वार्ता र संवादको वातावरण बिगारेको सुनाए । मोर्चा र दलहरुको लचकता मात्र वार्ता बढाउने उपाय हो । यद्यपि, मोर्चाको योजनानुसार सीमांकनको मामिला तत्काल किनारा लाग्ने देखिँदैन । मोर्चाले सदन चल्न दिए केही उपाय निस्कन सक्छ, तर विगतका समिति र आयोगहरूको सुझाव नसमेटी तत्काल समस्या समाधान हुने वातावरण बन्न सक्दैन । बिहिबारको संसद बैठकको कारबाही त्यसअघि बस्ने शीर्ष तीन दल र मोर्चाका नेताहरुको बैठकले तय गर्ने छ । मूख्य गरेर मोर्चाले संसद बैठकमा के गर्ला भन्ने कौतुहल छ ।
 
दिल्ली भेटपछि वार्ताको मनसायमा फर्केका मधेसी नेताहरु र शीर्ष दलहरुबीच तालमेल मिल्न पक्कै सहज छैन । मिलनको विन्दु खोज्न शीर्ष तीनदलले रणनीति तय गरेका भएपनि ठोस अभ्यास भएको छैन । दलहरु रनभूल्लमा परेका छन् । मधेसी नेताहरु दुई ध्रुबबाट सम्वादका लागि तयार हुनुले निकासमा अस्पष्टता बढाइदिएको छ । दलहरु फसादमा परेका छन् । जसलाई विश्लेषकहरुले तत्काल समस्या समाधान र निकास ननिस्कने उल्झनका रुपमा लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ