arrow

पुरानो पुस्तामा शताब्दीको कथा

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
Purano-Pusta-2.jpeg
काठमाडौं। शताब्दी अर्थात सय वर्ष पहिलाका पुस्ताको कथालाई प्रस्तुत गरिएको फिल्म ‘पुरानो पुस्ता’ प्रदर्शनका लागि तयार भएको छ। फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको भएको फिल्ममा दीप सागरको निर्देशन छ। निर्देशक दीप म्युजिक भिडियो निर्देशकका रुपमा पनि परिचित छन्। फिल्म मंसीर ३ गतेबाट अल नेपाल रिलिज हुँदैछ।
 
रोल्पा र प्युठानमा छायांकन गरिएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन्। 
सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जिव पौडेलको लेखन र दीपसागरकै छायांकन छ। निर्देशक दीपसागरले राप्तीका पहाडी जिल्लाहरुको रमणीय दृष्य फिल्ममा दर्शकले हेर्न पाउने बताए।
 
‘पहिलेका मानिसहरुले दैनिक गुजार्ने गरेका संघर्ष कथामा चित्रण गरिएको छ’, उनले भने, ‘नुन, तेल किन्न कहाँ जानुपर्दथ्यो र कतिसम्म दुःख गर्नुपथ्र्यो भन्ने कुरा फिल्ममा देखाइएको छ।’ आफ्नो फिल्म अन्य फिल्म भन्दा फरक र मौलिक विषय बस्तुसहित बनेकाले सबैले मन पराउने दाबी उनले गरे। फिल्ममा तीनवटा गीत समावेश छन्। जसमा डमप्रकाश पुन र दीप सागर जिसीको संगीत र कृष्णप्रसाद पौडेलको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ