arrow

आज स‍ंस्कृत साहित्यका आदिकवि वाल्मीकिको जन्मदिन, यस्तो छ सारस जोडी र उनको कथा

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
balmiki.jpeg
काठमाडौं । आजको दिन संस्कृत साहित्यका आदिकवि वाल्मीकिको जन्म जयन्तीको दिन हो । वैदिक कालमा संस्कृत साहित्यका आदिकवि एवं धार्मिक ग्रन्थ रामायणका रचयिता महर्षि वाल्मीकि आश्विन पूर्णिमाको दिन जन्मिएका हुन् । 
 
पीता वरूण र माता चार्षणीका दशौं पुत्रको रूपमा एक नागा प्रजातिमा जन्मिएका वाल्मीकिको वास्तविक नाम रत्नाकर थियो भन्ने चर्चा गरिन्छ । भृगु, कस्यप अदिती लगायतका ऋषिहरूको कूलमा जन्मिएका वाल्मीकिका पिता वरूणको नाम 'प्रचेत' समेत रहेकोले उनी 'प्राचेतस' नामबाट समेत चिनिने गर्दछन् । यद्यपि संस्कृत समहित्यका आदिकविको रूपमा वाल्मीकिको चर्चा रहेकोले उनलाई अन्य नाम भन्दा पनि वाल्मीकिले नै धेरैले चिन्ने गर्दछन् । 
 
एक जना डाँकु पछि तपस्याबाट संस्कृत साहित्यको आदिकवि समेत बनेको भन्ने विभिन्न किंवदन्तीहरू भेटिने वाल्मीकिलाई श्रीमद् भागवतमा समेत एक महायोगीको रूपमा चित्रण गरिएको छ । 
 
परम्परागत ग्रन्थहरूमा  महर्षि वाल्मीकिलाई  कुलपति रहेको भनेर पनि भन्ने गरिएको छ । उनी प्रमुख रहेको आश्रममा शिष्यहरूको लागि छुट्टै आवास, भोजन, वस्त्र, शिक्षा आदिको प्रबन्ध गरिएको थियो भन्ने विश्वास छ । वाल्मीकिको आश्रक गंगा नदीको किनारा नजिकै रहेको तमासा नदीको किनारामा रहेको थियो भन्ने पनि विश्वास गरिन्छ । 
 
वाल्मीकिको जीवनमा दुईवटा महत्वपूर्ण घटना घट्यो जुन घटना रामायणका अन्तिम काण्ड निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । उनको जीवनको एक घटना रामायणको उत्तरखण्डको आधारशीला बन्न पुग्यो भन्ने धार्मिक विश्वास रहेको छ । 
 
पहिलो घटनामा एक दिन वाल्मीकि आफ्नो प्रमुख शिष्य भारद्वाजको साथ तमसा नदीमा स्नानको लागि जाँदै थिए । उनले नदीको किनारामा काम वासनामा लिप्त एक जोडी सारस देखे । त्यही समयमा एक जना शिकारी आए र काम क्रियामा लिप्त उक्त जोडी मध्ये भालेलाई वाणले हानेर मारिदिए । 
 
त्यसपछि पोथी चाहिँ सारसले मान्छेको वरीपरी बसेर विलौना गर्न थाली र केही समय पछि त्यो शिकारीलाई श्राप दिएर उसले पनि आत्म त्याग गरी । यस्तो हृदयविदायक घटना देखेका वाल्मीकिले तत्कालै मुखबाट यस्तो श्लोक बोलेका थिए ।
           मा निषाद प्रतिष्ठां त्वमगमाः शाश्वतीः सभाः।
             यत्क्रौन्चमिथुनादेकमवधी     काममोहितम्।।
         (वा. रामा. बालकाण्ड, संर्ग २ श्लोक १५)
 
शिकारीलाई श्राप दिँदै वाल्मीकिले भने कि …ए शिकारी तिमीले काममोहित सारसको जोडी मध्ये एकलाई मारेर यस्तो पाप गर्यौ कि तिमिले यहि पापको कारणले अब जहाँ गएपनि आफूलाई चैन राख्न सक्ने छैनों ।Ú यही श्लोकको आधारमा रामायण महाकाव्य रचना गरिएको थियो भन्ने भनाई रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ