arrow

अधिवक्ता वैदिकको सुनुवाईबारे सूचना सार्वजनिक गर्ने निर्णय

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
sunuwai-samiti-news-a.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसको संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषदको सदस्यमा प्रस्तावित अधिवक्ता पदमप्रसाद वैदिकको संसदीय सुनुवाइका लागि आम सञ्चारमध्यममार्फत् सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । 
 
आइतबार बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । नयाँ संविधान अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले वैदिकको नाम न्याय परिषद्को सदस्य पदमा प्रस्ताव गरे अनुरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसदीय सुनुवार्इका लागि समितिसमक्ष सिफारिस गरेको थियो । 
 
प्रस्तावित वैदिकलाई सो पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सक्ने प्रयोजनका लागि बसेको समिति बैठकले सार्वजनिक सञ्चार माध्यममार्फत सूचना जारी गर्ने निर्णय गरेको हो । 
 
प्यूठान नगरपालिका–१९ स्थायी घर भएका वैदिक नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्षसमेत हुन् । यसअघि समितिले केपी ओली सरकारले फिर्ता बोलाएका रामप्रसाद सिटौलाको सुनुवाई गरेको थियो । सिटौला राष्ट्रपतिबाट नियुक्त समेत भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ