arrow

न्युजिल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट भारतको कब्जामा

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
ODI-india-news.jpeg
एजेन्सी । न्युजिल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट भारतले जितेको छ । धर्मशालामा भएको पहिलो एक दिवसीयमा पाहुना टोली न्युजिल्याण्ड ६ विकेटले पराजित भयो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको न्युजिल्याण्डले दिएको एक सय ९१ रनको चुनौती भारतले ३३ ओभर १ बलमै मात्र ४ विकेट गुमाएर पार गर्यो । 
 
भारतलाई सहजै विजयी गराउन विराट कोहलीको ८५ रन महत्वपूर्ण रहयो । अविजित रहेका विराटले एक छक्का र ९ चौका प्रहार गरे । यस्तै, अजिन्क्या रहानेले ३३ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी १७ रनमा आउट भए । 
 
न्युजिल्याण्ड ४३ ओभर ५ बलमा अलआउट भएको थियो । उसका लागि टम लथामले अविजित ७९ रन बनाएपनि हार टरेन । यस्तै, टिम साउथीले ५५ रन बनाएका थिए । न्यूजिल्याण्डको व्याटिङ् कमजोर पार्न हार्दिक पाण्डे र अमित मिश्रले समान ३–३ विकेट लिए । यस्तै, उमेश यादव र केदार जधावले समान २–२ विकेट झारे । हार्दिक पाण्डे प्लेयर अफद म्याच भए । 
 
जितसंगै भारतले पाँच खेलको एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ ।  यसअघि यी दुई टोलीबीच भएको २ खेलको टेस्ट श्रृंखला भारतले क्लिनस्वीप गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ