arrow

सलमान खानको ‘बिग बोस–१० सुरु, उदघाटनमा धमाका

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
salman-ko-bigboss.jpeg
मुम्बई। बलिउडका दबंग नायक सलमान खानले निकै राम्रो हास्यरस र नृत्यरसको संगम मिलाउँदै बिग बोस सिजन १० को सुरुवात गरेका छन्।कलर्स टेलिभिजनमा प्रसारण हुने उक्त टेलिभिजन कार्यक्रमको उदघाटनका क्रममा सलमान खानका साथै बलिउड अनि हलिउड अभिनेत्री दीपिका पादुकोणले पनि नृत्य गरे। पादुकोणलाई सलमानले एक दिनकी पाहुनासमेत बनाएका छन्।
 
दीपिका उनको हलिउड चलचित्र ‘एक्सएक्सएक्सः रिटर्न अफ जान्डर केज’ को प्रमोशनका क्रममा बिग बोसको घरमा पुगेकी हुन्। दीपिकाको नृत्यका क्रममा कृष्णा, अभिषेक र उनको टीमले हास्यव्यङ्ग्य प्रस्तुत गर्यो। 
 
सलमानको बिग बोसलाई धेरैले रुचाएका छन् । बिग बोसमा यसपटक सेलिब्रिटी र भारतीय सर्वसाधारण पनि सहभागी छन्। बिग बोसको घरमा एक परिवारजस्तै गरी बस्नुपर्ने भए पनि कयौं सेलिब्रिटी आपसमा बाझाबाजमात्र गर्दैनन् करियरमै पनि अश्लील दाग लगाएरसमेत फर्केका उदाहरण छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ