arrow

स्वदेशी औषधि उत्पादकले बोलपत्र हालेनन् : गगन

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
gagan.jpeg
काठमाडौं। स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादक कम्पनीले बोलपत्र हालेनन् । 
 
मन्त्रालयले इतिहासमा नै पहिलोपटक गत असोज महिनामा सो बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थाबाट वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिका लागि बोलपत्र आह्वान गरेको थियो । 
 
मन्त्रालयको उच्च स्रोतका अनुसार विदेशी औषधि उत्पादन कम्पनीले मात्र बोलपत्र हालेका छन् । कुन कुन कम्पनीले बोलपत्र हाले भन्ने जानकारी मन्त्रालयले सार्वजनिक गरेको छैन । 
 
स्वदेशी औषधि कम्पनीले लागत मूल्यभन्दा कम मूल्य मात्र पाइने भएकाले बोलपत्र नहालेको बताइएको छ । स्वास्थ्यमन्त्री गगन थापाले सो कुराको पुष्टि गर्दै भन्नुभयो – “मन्त्रालयले औषधिका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादन कम्पनीले बोलपत्र दर्ता गराएनन् ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ