arrow

स्थानीय निकायको चुनाव नभएपछि गाउँलेले चुने आफ्नो नेता

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
mustang.jpeg
मुस्ताङ । लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा यहाँका गाउँलेले भने हालै निर्वाचन प्रक्रियाबाट आफ्नो गाउँको नेता आफैँले चुनेका छन् । 
 
थाकका पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, स्याङ, मार्फा, छैरो र चिमाङका स्थानीयले निर्वाचन प्रक्रियाबाटै आसबहादुर थकालीलाई गाउँको नेता चुनेका हुन् । 
 
 
पाँच गाउँका स्थानीयले आफ्नो नेतामार्फत नै गाउँमा हुने झै–झगडा मिलान, प्राकृतिक सम्पदाको बाँडफाँडदेखि सरकारी कामकारबाही गर्ने गर्दछन् । 
 
पाँचवटै गाउँका स्थानीयको आम भेलाबाट थकालीको अध्यक्षतामा १९ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ ।
 
 समितिको उपाध्यक्षमा सुनिता थकाली, सचिवमा कर्ण थकाली, सहसचिवमा श्यामप्रसाद लालचन रहनुभएको छ । 
 
सदस्यमा महेन्द्र थकाली, झीनबहादुर थकाली, सुमित्रा थकाली, कुल थकाली, धनबहादुर थकाली, मदन थकाली, मनकुमारी लामा, चन्द्रबहादुर थकाली, कृष्ण थकाली, आइता थकाली, जेम्स हीराचन, सूर्यमान लालचन, चन्द्रकुमारी हीराचन र फूलमति ज्वारचन रहेका छन् ।  
 
समितिमा पाँचवटै गाउँका गाउँ मुखिया पदेन सदस्य रहने व्यवस्था छ । गाउँका आइपर्ने सबै किसिमका समस्या र सरकारी सेवा सुविधाका बारेमा वकालत गर्ने जिम्मा समितिको हुने अध्यक्ष थकालीले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ