arrow

मुरारकाले भने – ‘स्टे–अर्डर’ एक दिनको लागि मात्रै हो, विशेष साधारणसभा स्थगित हुँदैन

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
murarka.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बिहीबारको लागि बोलाईएको विशेष साधारण सभा स्थगित नहुने बताएका छन् । 
 
उच्च अदालत पाटनले विशेष साधारण सभाको प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरकालीन अन्तरिम आदेश दिएपछि हाम्रा कुरासँग कुरा गर्दै अध्यक्ष मुरारकाले अदालतले एक दिनको लागि मात्रै ‘स्टे–अर्डर’ दिएको भन्दै बिहीबारको विशेष साधारण सभा स्थगित नहुने दाबी गरेका हुन् ।
 
अदालतले स्टे–अर्डर जारी गरेपछि महासंघको उक्त साधारण सभा के होला भन्नेमा धेरैलाई चासोको विषय बनेको थियो ।  
 
साधारणसभा स्थगित गर्न माग सहित उच्च अदालत पाटनमा आईतबार दायर भएको रिटमा न्यायाधीश भीमकुमार ओझाको इजलासले मंगलबार साधारण सभा प्रकृया तत्कालका लागि यथास्थितीमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
 
महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारी सदस्य गोविन्दराज घिमिरेले महासंघको विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने जिकिर गर्दै जिल्ला प्रशासन कार्यालय, महासंघ कार्यसमितिसहित पाँच जनालाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
 
विधानको विषयमा जिल्ला तथा उद्योग वाणिज्य संघबाट एकाध बाहेक अधिकांशले विधानको विपक्षमा कुनैपनि टिप्पणी नपठाएको विधान समितिले जनाएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ