arrow

मोरङका ४ सय विद्यार्थीलाई सोलार वितरण गरिने

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
Solar_energy_facts-new.jpeg
कुमोद अधिकारी, विराटनगर । मोरङ जिल्लाका चार सय विद्यार्थीलाई निःशुल्क सोलार वत्ति वितरण गरिने भएको छ । शिक्षाका लागि उज्यालो कार्यक्रम अन्र्तगत कक्षा ९ र १० मा अध्यनरत गरिब, असहाय, दलित तथा सिमान्तकृत विद्यार्थीलाई सोलार वितरण गरिन लागिएको हो । राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका विद्यालयका विद्यार्थीलाई सोलार वितरण गरिने बताइएको छ । 
 
जिल्लाका १४ वटा गाविसका विद्यालयका विद्यार्थीलाई सोलार वितरण गर्न लागिएको जिल्ला विकास समितिका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए । बालबालिकाले सहज रुपमा पढ्न पाउन् भन्ने उद्देश्यले गरिब तथा विपन्नवर्गका विद्यार्थीलाई नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत १० वाटको सोलार वितरण गर्न लागेको अधिकृत सिंहको भनाई छ । 
 
सोलारबाट दुई वटा वत्ति सहज रुपले बाल्न सकिने बताइएको छ । नेपाल सरकारले मुलुकभर २५ हजार विद्यार्थीलाई सोलार वितरण गर्न लागेको हो । करिब ९ हजार पर्ने सोलारका लागि सम्बन्धित गाउँ विकास समितिका विद्यालयहरुले कार्तिक १५ गते सम्म जिविस मा नभए गाविसहरुमा निवेदन दिनुपर्ने अधिकृत सिंहले बताए ।
 
अहिले सम्म दुई वटा विद्यालयबाट निवेदन आइसकेको जनाइएको छ । निवेदन प्राप्त भएपछि यसै कार्तिक महिना भित्र विद्यालयमा विद्यार्थीलाई सोलार वितरण गरिने जनाइएको छ । वितरण गर्न लागिएको सोलारको मूल्य ९ हजार रुपैँया पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ