arrow

धुर्मुस सुन्तलीको सचेतना अभियान काभ्रेमा भव्यरुपमा सम्पन्न

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
DSC03837.JPG.jpeg
काठमाडौँ । चर्चित हाँस्यव्यङ्ग्य कलाकार तथा नेपाल सरकारका सरसफाइ दूत सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को देशव्यापी सरसफाइ, स्वच्छता र जन्मदर्तासम्बन्धी सचेतना अभियान रामेछाप शुरु भएको अभियान सिन्धुपाल्चोक हुँदै काभ्रे पुगेको हो । महिला र पुरुष दुबैलाई सँगसँगै लिएर यो अभियान सम्पन्न पार्न ३ दिने काभ्रे सफाइमा कलाकार द्वयले जिल्लाका सरकारी निकायका प्रमुख, राजनितिक दलका प्रमुख, विभन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका अगुवाहरुलाई सफाईको प्रतिवद्धताको सपथ खुवाउनुका साथै विद्यालय, वस्ती, वजार, सार्वजनिक शौचालय आफै सफा गर्दे स्थानियलाई फोहोर नगर्न आग्रह समेत गरेको थिए भने वनेपा, धुलीखेल नगरपालिकालाई फोहोरको चाँडो व्यवस्थापन गर्न समेत निर्देशन दिएका थिए ।
 
अभियान्ताको सहयोगमा जिल्लाका प्रमुख व्यक्तित्वहरुको सक्रियता रहेको थियो भने स्थानीयबासीहरु झन होमिएका थिए । अभियानका क्रममा कलाकार जोडी विभिन्न ठाउँका विद्यालयहरु भ्रमण गरी सरसफाईको सचेतना फैलाउनुका साथै आफ्नो कला मार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए । काभ्रे जिल्लाको महादेस्थानको दनुवार वस्तीमा गई विद्यालयको सफाइृ गर्नुका साथै वस्तकिो शौचालय निरिक्षण तथा सरसफाई समेत गरेका थिए ।
 
स्थानिय वासीले आफुनो गाउँमा कलाकारध्यलाई प्रत्यक्ष देख्न पाउँदा खुशी हुदै फुलमालाले स्वागत गर्नुका साथै आउँदा दिनमा पनि यसलाई निरन्तरता दिनको लागि स्थानियले कलाकार द्धयलाई शुभकामना समेत दिएका थिए । त्यसैगरि कलाकार द्वयले काभ्रेकै अर्को ठाउँ कुशा देवी उ.मा.वि. मा पुगी विद्यार्थीहरुलाई सरसफाई सचेतना जगाउनका साथै शिक्षक र विद्यार्थीले फरक–फरक चर्पी प्रयोग नगरी एउटै प्रयोग गर्न सुझाव समेत दिएका थिए । काभ्रे अभियानको समापनको दिन अभियानलाई सफल पार्नका लागि सहयोग गर्नुहुने देशका अभिन्न अङ्गका रुपमा रहेका पत्रकार, मिडिया तथा अन्य सामाजिक सञ्जालप्रति कलाकारद्वय कृतज्ञ प्रकट गरेका छन फेरी पनि यस्तै सहयोग र साथको अपेक्षा समेत गरेको वताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ