arrow

भारतको खेलबाड शिक्षाः परीक्षामा खेलाडीकी प्रेमिकाको नाम सोधियो

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
indian-education.jpeg
मुम्बई । भारतको शिक्षा प्रणाली कस्तो छ भन्ने जानकारी पाउन एउटै उदाहरण काफी हुन्छ । भारतको ठाणेस्थित एक विद्यालयको ९ कक्षाको परीक्षामा एक खेलाडीकी प्रेमिकाको नाम सोधिएर सिंगो भारतकै बदनाम गर्न पर्याप्त बनेको छ । 
 
यसले त्यहाँका विद्यार्थीमाथि गरिएको विद्याको नाममा खेलबाडको झझल्को स्पष्ट आउँछ । भारतीय क्रिकेटर विराट कोहलीकी प्रेमिकाको नाम के हो भनी सोधिएको थियो । 
 
सवाल पूछा गया कि विराट कोहली की गर्लफ्रेंड कौन हैं?
 
त्यसमा विकल्पका रुपमा प्रियंका, अनुष्का र दीपिकाको नाम दिइएको थियो । 
 
शारीरिक अभ्यास विषयको प्रश्नपत्रमा चाचा नेहरू हिन्दी हाइस्कुलले गत अक्टोबर १३ तारिखमा परीक्षा लिएको थियो । 
 
9th क्लासके फिजिकल ट्रेनिंग के एग्जाम का था पेपर।
 
यो विषय अहिले सामाजिक संजालमा भाइरल बनेको छ । तर विद्यार्थीका अभिभावकले भने कुनै क्रिकेटरका बारेमा प्रश्न सोध्नु सामान्य भएको प्रतिक्रिया दिएका छन् । 
 
जब अभिभावकमै समस्या भएपछि त्यस्ता स्कुलको प्रशासनलाई यस्तो गल्ती गर्ने छुट नहुने त कुरै भएन । 
 
चलचित्रका बारेमा पनि प्रश्न सोधिने हो भने त विद्यार्थीहरु चलचित्र हलमा भेटिनु पनि नौलो नहुने भैहाल्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ