arrow

कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्ज “सेभेन स्टार लग्जर हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड”द्वारा सम्मानित

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
qatar-airways-rewarded.jpeg
दोहा। कतार एयरवेजको हमाद अन्तरराष्ट्रिय विमान स्थल स्थित विशेष अल सफ्वा फस्र्ट लाउन्जलाई बहुप्रशिक्षित सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डबाट सम्मानित गरिएको छ। सेभेन स्टार लग्जरी हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड्सले मारबेला स्पेनमा १५ अक्टोबरमा आयोजित अवार्ड कार्यक्रम मार्फत कतार एयरवेजलाई सो अवार्डबाट सम्मानित गरेको हो।
 
‘अस्कर्स अफ लग्जरी’का रुपमा सम्मान प्राप्त उक्त अवार्ड वितरणका लागि संस्थाले उत्कृष्ट हस्पिटालिटी र लाइफस्टाइल ब्राण्ड्स मध्यबाट सर्वोत्कृष्टको छनोट गरी ‘सिल अफ एक्सिलेनसी’ सम्मान प्रदान गरिन्छ। कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्ज‘सिल अफ एक्सिलेनसी’ अवार्ड प्राप्त गरी सिल अफ एक्सिलेन्सी प्राप्त संस्थापनाहरुको एलिट क्लासमा समाहित हुने अवसर प्राप्त गर्ने विश्वकै पहिलो लाउन्ज हुन सफल भएको छ।
 
‘अल सफ्वा फस्र्ट लाउन्जलाई प्रतिस्थित सेभेन स्टार अवार्डद्वार सम्मानित गरिएकोमा हामीलाई निकै गर्वको महशुस भएको छ ’कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले भने ‘ हामी आकासका साथै जमिनमा समेत आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न सँधै प्रयासरत छौँ। आफ्ना प्रयासका लागि सम्मानित हुन पाउँदा भविष्यमा आफ्ना सोव तथा सुविधा थप सुदृढ गर्दै लैजान हामीलाई थप प्रेरणा मिलेको अनुभव गरेका छौँ।’
 
दोहाको म्यूजियम अफ ईस्लामिक आर्टद्वारा अभिप्रेरित कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्जमा ईस्लामिक लोक कला स्थापना गरिनुका साथै विभिन्न कलाकृतिहरु दोहाको राष्ट्रिय सङ्ग्रहालय मार्फत ल्याएर निरन्तर सहकार्यको अङ्गका रुपमा प्रदर्शनीमा राखिएका छन्। 
यात्रुहरुले आ ला कार्टे डायनिङ, फूल विजनेश सेन्टर, लग्जरी स्पा, सिनेम्याटिक मिडिया तथा गेम्स रुम तथा पारिवारिक क्षेत्रको मज्जा समेत लिन सक्छन्। यहाँ स्थित प्राइभेट रुमहरुमा बेड, टीभी, डेस्क तथा शावर सहितको नीजि बाथरुम समेत उपलब्ध गरिएका छन्। साथै, उपभोक्ताले कतारको अरेबियन हस्पिटालिटीका साथै उपलबध गरिएका लग्जरियस स्पेसको मज्जा समेत लिन सकिने कम्पनीले जानकारी दिएको छ।
 
सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्ड र सिल अफ एक्सिलेनसी पाउनु निकै सम्मानको कुरा रहेको बताउँदै कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष –कस्टमर एक्स्पेरियन्स) रोसेन डिमिट्रोभले उपभोक्तालाई यात्राको समयमा सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको अथक तथा निरन्तर प्रयासको पहिचान गरेको अनुभव भएको बताए । सञ्चालनको पहिलाृ बर्षमै रहेको अल सफ्वा फस्र्ट लाउन्जले उपभोक्तालाई लग्जरीको अनुपम अनुभुति प्रदान गरिरहेको र भविष्यमा थप अझ बढी यात्रीलाई अझ गुणस्तरिय अनुभव प्रदान गर्न कम्पनीलाई अभिप्रेरित गरेको उनले बताए।
 
कतार एयरवेजको ए३८० विमानको प्रिमियम फ्लिटको फस्र्ट क्लास मार्फत लण्डन, पेरिस, बैंकक्, चीनको ग्वाङचाउ र भरखरै सिड्नीमा यात्रा गर्ने यात्रुका लागि अल सफ्वा लाउन्ज उपलब्ध रहेको छ। सिड्नीमा सेप्टेम्बर १५देखि ए३८० सेवा सुचारु गरिएको हो।  
 
सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डका साथै कतार एयरवेजले यसै बर्ष वल्र्ड्स बेष्ट बिजनेश क्लास, बेष्ट बिजनेश क्लास एयरलाइन लाउन्ज र बेष्ट एयरलाइन स्टाफ सर्भिस ईन मिडल ईष्ट अवार्डपनि प्राप्त गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ