arrow

डिलनले वास्ता नगरेको नोबल पुरस्कार !

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
Bob_Dylan_recent.jpeg
एजेन्सी।  एउटा सामान्य पुरस्कार पाउँदा त मान्छे कति प्रफुलित हुन्छ भने झन नोबल पुरस्कार पाउँदा मान्छे के गर्ला  ? तर एकजना व्याक्तिलाई नोबल पुरस्कार पाउँदा पनि कागलाई बेल पाक्यो हर्ष न विस्मत झैं भएको छ । ती व्याक्ति हुन् विश्वप्रख्यात गायक बव डिलन । 
 
तिनै बहुमुखि प्रतिभाका धनी बव डिलन यतिखेर चर्चामा छन् । विश्वप्रख्यात गायक, संगितकार रहेपनि आफुलाई साहित्यकारको रुपमा बढी चिनाउन रुचाउने डेलनको यतिखेर नोबल पुरस्कार समितिले खोजी गरिरहेको छ ।
 
यत्रो समय भैक्दा पनि डिलन नोबल कमिटीको सम्पर्कमा आएका छैनन्। न उनले कुनै ईमेलको रिप्लाऐ गरेका छन् न मिडियामा कुनै प्रतिकृया नै दिएका छन्। त्यसैले पाँचदिन यता समितिले डेलनको खोजी गरिरेहको छ । डेलन साहित्यमा नोबल पुरस्कार प्राप्त गर्ने पहिलो गायक हुन् । 
 
७५ वर्षिय डिलनलाई गत बिहीबार नोबल साहित्य अर्वाड प्रदान गरिने घोषणा गरिएको थियो । सोही दिन डिलन भने लस भेगासस्थित कन्सर्टमा रमाउँदै थिए । कन्सर्ट समारोहमा थोरै कुरा गरेका डिलनले उक्त अवार्डबारे भने केही बोलेनन् । 
 
आफुलाई निरन्तर डिलनको ठूलो फ्यान बताउँदै आएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत डिलनले नोबल पुरस्कार पाएकोमा टुइट मार्फत बधाई दिएका थिए । 
 
स्वीडिस ऐकेडेमीले समेत डिलनलाई साहित्यमा नोबल पुरस्कार प्रदान गरिने घोषणा गरिएको दिनबाट आफुहरु उनको सम्पर्कमा पुग्ने प्रयास गरिरहेको बताए । ऐकेडेमीका स्थायी सचिव सारा डन्युसले भनिन्, ‘अहिले हामी केही गरिरहेका छैनौं । तर मैले डेलेनको सहकर्मीलाई इमेल पठाए र निकै अनुकुल प्रतिकृया पनि पाएको छु ।‘
 
डिलनले पनि आफुले पाएको अर्वाडबारे मुख खोलेका छैनन् । पाँच दशक यता डिलनलाई पपुलर म्युजिक र कल्चरमा निकै प्रभावकारी मानिन्छ । संगित क्षेत्रको सर्वाधिक ठूलो अर्वाड मानिने ग्रामी अर्वाड डिलनले एघार पटक हात पारेका छन् । यस्तै डिलनले गोल्डेन ग्लोब अर्वाड, ऐकेडेमी अर्वाड लगायत थुप्रै अवार्डहरु हात पारेका छन् । 
 
सन् २०१२ मा डिलनले राष्ट्रपति ओबामाबाट ‘प्रेसिडेन्टल मेडल अफ फ्रिडम’ पाए । हालसालै मात्र उनलाई प्रदान गरिने भनेर घोषणा गरिएको साहित्य नोबल पुरस्कार डिलनका लागि सर्वाधिक ठूलो अर्वाड हो । 
 
तर डिलन सम्पर्कमा नहुँदा नोबल पुरस्कार समितिले उक्त अर्वाड डिलनलाई औंपचारिक रुपमा प्रदान गर्न सकेको छैन । यद्धपि समितिले आफुहरु डिलनको सम्पर्कमा पुग्न प्रयास गरिरहेको जनाएको छ । के डिलनले नोबल पुरस्कारको वास्ता नगरेका हुन् त ? यो कुरो समयले बताउने छ। हुनत: अरुलाई नोबल पुरस्कारले प्रख्यात बनाउथ्यो भने डिलनले नोबललाई प्रख्यात बनाए भनेर चर्चाहरु चलिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ