arrow

ओलीलाई माओवादीको सर्तसहितको समर्थन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1832344001.jpeg
काठमाडौं । एकीकृत नेकपा माओवादीको शनिवार बिहान बसेको बैठकले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा सशर्त समर्थन गर्ने निर्णय गरेको छ ।

एमाओवादी स्थायी समितिको बैठकले प्रमुख दलहरुबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने भद्र सहमति भएको कुरा दोहोर्‍याउँदै सहमति अनुसार ओलीको नेतृत्वमा सहमतीय सरकार बनाउने समर्थनको निर्णय गरेको हो ।

एमाओवादीले मधेस आन्दोलनको राजनीतिक समाधानसहितको शर्त राखेको बैठकमा सहभागी एक सदस्यले बताए । उनीहरुले आठ बुँदे शर्त राख्ने निर्णय गरेका छन् । पार्टीका अध्यक्ष प्रचण्डले शनिवारै ओलीलाई भेटेर पार्टीको निर्णय बारे जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ