arrow

गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगि आरोपमा पक्राउ

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
thag-dahal-gi-new.jpeg
काठमाडौं । १२ करोड हिनामिना गरेको भन्दै गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगि आरोपमा पक्राउ परेका छन् । आफु कार्यरत नेपाल बीटवीन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगि गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 
 
बालुवाटार –४ आफ्नै निवासबाट अनुसन्धानका लागि दाहालाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी नायप उपरीक्षक (डिएसपी) इश्वर कार्कीले जानकारी दिए । दशैँ अघि कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको अनुसन्धान अघि बढाएको डिएसपी कार्कीले बताएका छन् । 
 
गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानविन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि दशैँ अघि प्रहरीमा उजुरी गरेको थियो । 
 
कम्पनी घाटामा देखिएपछि दुई वर्ष अघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै विरोध कम्पनीको आरोप छ । छानविनलाई अघि बढाउँदा फर्जी ग्राहकहरु बनाएर उनीहरुबाट रकम उठ्न बाँकी देखाउने र उठेको रकम व्यक्तिगत खर्च गर्ने गरेको देखिएको कम्पनी स्रोतले जानकारी दिएको छ । 
 
गीतकार दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह बजारमा ल्याइसकेका छन् । गीतकार दाहालले आफ्ना कृतिहरुबाट विभिन्न म्युजिक अवार्ड र सम्मानसमेत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ