arrow

ओखलढुंको पलापुमा आगलागी, दुई घरगोठ सहित चार लाखको क्षति

logo
जीवन शर्मा,
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
Okhaldhunga-hamrakura.jpg.jpeg
ओखलढुंगा।  जिल्लाको पलापु २ मा वुधबार दिउँसो आगोलागी हुँदा दुई घरगोठ लजेर नष्ट भएका छन् । आगोलागीका कारण स्थानिय सनसरीमाया माझीको घर र सोहि स्थानका पञ्चबिर माझीको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
 
आगोलागीबाट ४ लाख भन्दा बढी क्षति भएको प्रहरीको अनुमान छ । आज दिउसो साढे तिन बजेको समयमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक दिपक शाहाले बताए । आगोलागी बाट कुनै मानविय क्षेती नभएको भएपनि घर तथा गोठ भने पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीको भनाई छ । आगो स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको छ ।
 
यसैबिच ओखलढुंगाको हर्कपुर ६ स्थित तिक बहादुर तामाङको घरमा हिजो दिउँसो आगोलागी हुदाँ ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । दिउँसोको खाजा बनाउने क्रममा चुलोबाट अचानक घरमा आगो सल्किएको स्थानियले बताएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ