arrow

मधेसी जनतालाई संविधान बुझाउन नसक्दा समस्याः गगन थापा

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
gagan-thapa.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले मधेसी जनतालाई संविधान बुझाउन नसक्दा समस्या उत्पन्न भएको बताउनुभएको छ । पब्लिक पोलिसी पाठशालाले आज यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेस र मधेस’ विषयक विचार गोष्ठीमा नेता थापाले सङ्घीयताको बहसलाई सही ढङ्गले जनतामाझ पुर्‍याउन नसक्दा अहिलेको समस्या आएको उल्लेख गर्नु भयो । 
 
उहाँले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्याका आधारमा मात्र नभई सबै क्षेत्रलाई र सबै जनताको भावनालाई समेटेर तोकिने स्पष्ट पार्नुभयो । मधेसको हकअधिकारबारे मधेसी जनतासमक्ष जागरण अभियान चलाउनु आवश्यक रहेको उहाँको भनाइ थियो । 
 
काँग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानो नेतृत्वले पार्टी नचल्ने भन्दै नयाँ पुस्तालाई पार्टी नेतृत्वमा स्थापित गराउनु अहिलेको आवश्यकता भएको धारणा राख्नु भयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ