arrow

कार्की निलम्बन, अख्तियारको कार्यवाहक प्रमुख आयुक्त बस्न्यात

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
deep-basnyat-new.jpeg
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यातले आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी पाएका छन् । 
 
प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यात कार्यवाहक बनेका हुन् ।
 
आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यवाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको बताए । आयोगमा हाल पाँच आयुक्त छन् । 
 
विपक्षी एमाले र सत्ताधारी माओवादी केन्द्रका १५७ सांसदले वुधबार महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव संसद् बैठकमा पेस गर्ने कार्यसूची भएपनि बैठक आइतबारका लागि सकेको छ ।  
 
नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा ‘संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन’ भन्ने व्यवस्था छ । 
 
महाभियोगको प्रस्तावलाई संसद्मा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ