arrow

भारतमाथि न्यूजिल्याण्डको रोमाञ्चक छ रनको जित

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
india.jpeg
दिल्ली । भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले रोमाञ्चक जित हासिल गरेको छ । न्यूजिल्याण्ड ६ रनको झिनो अन्तरले विजयी भएको हो । 
 
 
खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले कप्तान केन विलियमसनको ११८ रनको मद्धतले ९ विकेटको क्षतिमा २४२ रन बनायो । टम लथामले ४६ रन जोडे । 
 
 
अमित मिश्रा र जसप्रित बुमराहले ३–३ विकेट लिए । 
 
जवाफमा भारतले ३ बल खेल्न बाँकी छँदै अलआउट हुँदै २३६ रनमात्र बनाउन सक्यो । केदार जादभले सर्वाधिक ४१ रन जोडे । त्यस्तै महेन्द्र सिंह धोनीले ३९ तथा हार्दिक पाण्डेयले ३६ रन जोडे । 
 
 
कमजोर खेलेको भारतलाई हराउने क्रममा टीम साउथीले ३ तथा मार्टिन गुप्टिल र टे«न्ट बोल्टले २–२ विकेट लिए । 
 
जितसंगै न्यूजिल्याण्डले पाँच खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । 
 
तेस्रो खेल आइतबार मोहालीमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ