जापान । जापानको टोटोरीमा भुकम्प गएको छ । भूकम्प जापानको स्थानिय समय अनुसार २ बजेर १० मिनेटमा गएको हो । ६.६ रेक्टर स्केलको भूकम्प पश्चात ५ रेक्टर र त्यो भन्दा केही साना आधा दर्जन भन्दा बढि पराकम्पन गइसकेको जापान सरकारले बताएको छ ।
साथै सरकारले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । भूकम्प जमिनको सतह देखि १० किलोमितर तल गएको जनाइएको छ भने यसबाट सुनामिको खतरा नरहेको जापानका सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार भूकम्पबाट मनाविय वा भौतिक क्षति नभएको बताईएको छ ।
भूकम्पको केन्द्र राजधानी टोकियोबाट ४ सय ३० माइल पश्चिममा रहेको छ । एनआरएनए जापानले पनि त्यस क्षेत्रका नेपालीहरु पनि सुरक्षित रहन सुचना जारी गरेको छ ।