arrow

चाडपर्वलाई लक्षित गरी पाँचथरमा ट्राफिक सचेतना कार्यक्रम

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
panchtartraffic.jpeg
पाँचथर। चाडपर्वलाई लक्षित गरी हुन सक्ने दुर्घटना न्यूनकिरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथर र प्रहरी कार्यालयले संयुक्त रुपामा जिल्लामा ट्राफिक सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ । 
ट्राफिक सचेतना कार्यक्रकम अन्र्तगत अहिले ट्राफिक प्रहरीले ट्राफिक प्ले कार्डको माध्यम मार्फत ट्राफिक नियमको पालना गर्न सवारी चालक तथा यात्रुहरुलाई अनुरोध गरिरहेको छ ।
 
 ट्राफिक नियमको पालना गरौ,मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔ,सिट क्षमता भन्दा वढि यात्रु नचढौ र नचढाऔ,भन्ने नारा प्ले कार्डमा राखिएको छ ।  कार्यक्रमबाट सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उदेश्यले संचालन गरिएको कार्यालय प्रमुख उत्तम भण्डारीले जानकारी दिए ।
 
 उनले भने ,“दशैँ अघि देखि नै ट्राफिक सचेतना सम्वन्धी कार्यक्रम संचालन गरेको र यो कार्यक्रम निरन्तर रुपमा अघि वढाउने छौ ।” अहिले मेची राजमार्ग तथा मध्यपहाडि पुष्पलाल लोकमार्गका विभिन्न स्थानमा गई यो कार्यक्रम संचालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ