arrow

स्क्वासमा भावना र विपना फाइनलमा

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
squash.jpeg
काठमाडौं । डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र विपना ब्लोन चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोमा भएको सेमिफाइनलमा भावनाले सपना ब्लोनलाई ११–३, ११–६ र ११–३ तथा विपनाले स्वस्थानी श्रेष्ठलाई ११–१, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे ।
 
 जुनियर ब्वाइज यु–१३ सिंगल्समा रन्जित थापाले सविन थापा मगरलाई ११–७, ११–४, ६–११ र ११–५ तथा गोपाल थापाले विकास मगरलाई ११–५, ११–४ र ११–२ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे । जुनियर ब्वाइज यु–१९ सिंगल्समा दीपक थापा र अमिर ब्लोन उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा दीपकले विजय मगरलाई ११–९, ११–५ र ११–४ तथा अमिरले रोशन लामालाई ११–६, १४–१२, ८–११ र ११–८ को सेटमा पाखा लगाए ।
 
भेट्रान ५० वर्षमाथि डिफेन्डिङ च्याम्पियन सुदीपबहादुर सिंह र बेलायतबाट आएका ब्रिटिस गोर्खामा कार्यरत याम रानाले फाइनल यात्रा तय गरे । सुदीपले महेन्द्र महर्जनमाथि ११–१, ११–० र ११–५ को सहज जित दर्ता गरे भने यामले लालबहादुर गुरुङको चुनौती ११–४, १२–१० र ११–६ ले समाप्त पारे ।
 
 विश्व स्क्वास दिवसको अवसरमा नेपाल स्क्वास र्‍याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्सको प्लेटतर्फ धीर पुन र विनोदरत्न शाक्यले उपाधि भिडन्त पक्का गरे । पुरुष सिंगल्सको सेमिफाइनल हीराबहादुर थापा र साविक विजेता अरहान्तकेशर सिं तथा प्रवीणवीरसिंह कंशाकार र साविक उपविजेता अमृत थापा मगरबीच हुनेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ