arrow

शशांकको अभिव्यक्तिप्रति सिटौलाको विरोध

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
sitoula.jpg.jpeg
काठमाडौं । महामन्त्री शशांक कोइरालाले धर्मनिरपेक्षताको टुंगो जनमतसंग्रहबाट लगाउनुपर्ने अभिव्यक्ति दिएर संविधान कार्यान्वयनलाई नै चुनौती दिएको भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा नेता कृष्णप्रसाद सिटौलाले विरोध जनाए।
 
‘सविधान कार्यान्वयनको जिम्मा लिन्छौँ भनेर हामी कांग्रेसीहरू भन्दै छौँ, तर हाम्रै महामन्त्रीले धर्मनिरपेक्षताका प्रावधानप्रति जनमतसंग्रहको माग गरेपछि मीन विश्वकर्माले टिप्पणी र प्रदीप गिरिले लेख नै लेख्नुपर्ने अवस्था आयो।
 
महामन्त्रीले यस्तो बोलेर गलत गर्नुभएको छ भन्ने सन्देश गएको छ । संविधानको बारेमा हाम्रो धारणा के हो ? महामन्त्री कुन कित्तामा उभिनहुन्छ ? संविधान कार्यान्वयन गर्ने कि नगर्ने ?’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ