arrow

दैनिक करिब ४७ हजार बालिका कम उमेरमा बिहे गर्न बाध्य

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
Child-marriage.jpeg
लण्डन। विश्वमा हरेक दिन ४७ हजार सात सय बालिका बिबाहको योग्य उमेरभन्दा घेरै कम उमेरमा विबाह गर्न बाध्य हुनेगरेका ‘युनाइटेड नेसनस पपुलेसन फन्ड’ (युएनएफपीए)ले गरेको अनुसन्धानबाट थाहा भएको छ।
 
बालिकाहरुको स्वास्थ्य र यौन शिक्षामा सुधार ल्याएका विकास विकशसील अर्थव्यवस्था रहेका मुलुकका लागि सयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोष (युएनएफपिए)ले २१ अर्ब अमेरिकी डलरको सहयोग गर्ने भएको छ।
 
युएनएफपीएले बालिकाको जीवनस्तर सुधारका लागि सो रकम दिने भएको हो। विकासशील मुलुकमा केटाहरुको तुलनामा थोरै केटीहरुले मात्रै उच्च शिक्षा हासिल गरेको सो संस्थाले जनाएको छ।
 
बालिकाहरुले विशेषगरी बालविवाह, बालश्रम तथा लैङ्गिक विभेदका कारण आफ्नो युवा अवस्थाका सुनौलो अवसरहरु गुमाइरहेका लन्डनस्थित भएको युएनएफपिएको कार्यक्रमले निश्कर्ष निकालेको छ। सही नीति र संस्थाको विकासले विकासशील मुलुकको अर्थव्यवस्थामा सुधार हुने युएनएफपीएको विश्वास छ।
 
अरब मुलुकहरुका थोरै बालिका माध्यमिक शिक्षाका लागि भर्ना हुने गरेको र अफ्रिकी मुलुकमा १० वर्ष मुनिका ७० प्रतिशत बालिका शिक्षाबाट वञ्चित भएको अनुसन्धानले देखाएको छ।
 
सो मुलुकमा छदेखि ११ वर्षसम्मका एक करोड ६० लाख बालिकाले विद्यालय जान सुरुनै गरेका छैनन्।
 
विकासशील मुलुकका बालिकाहरुले बालविवाहका कारण आफ्नो शिक्षा बीचैमा छोड्न बाध्य भएका छन्।
 
युएनएफपीएले बालिकाहरुको बिवाह १८ वर्ष अघि गर्न नपाउने मापदण्ड ल्याउन पनि ती मुलुकलाई आग्रह गरेको छ।
 
बालिकाको स्वास्थ्य सुधारका लागि यौन शिक्षाका कार्यक्रमहरु पनि विकासशील मुलुकमा प्रर्याप्त मात्रमा हुनपर्नेमा जोड दिइएको छ।
 
चीन र भारतले बालिका शिक्षामा गरेको प्रगति विकासशील मुलुकको एउटा राम्रो उदारहण भएको युएनएफपीएले जनाएको छ। रासस-एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ