arrow

ए दिल हे मुस्किलको समस्या टर्‍यो, पाकिस्तानी कलाकार बारे के भयो निर्णय ?

चलचित्र सुरु पूर्व सहिदलाई श्रद्धान्जिलि

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
maxresdefault.jpeg
एजेन्सी। बलिउड चलचित्र ए दिल हे मुश्किल को समस्या टरेको छ । चलचित्रमा पाकिस्तानी कलाकारको अभिनयलाई लिएर विवाद रहिआएको थियो । शनिबार महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, राज ठाकरे र करन जोहर  बीच छलफल भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार बैठकले आगामि दिनमा पाकिस्तानी कलाकारको चलचित्रमा अभिनय नगर्ने सहमति भएको जनाएको छ ।
 
सहमति अनुसार अब चलचित्रको सुरुवातमा सहीदको चित्र लगाइनेछ । चलचित्रको सुरक्षा व्यवस्था भारत सरकारले  गर्नेछ । 
 
सो छलफल देवेन्द्र फडणवीसको घर सहयाद्रीमा भएको हो ।  छलफलमा  करन जोहर, राज ठाकरे लगायत मुकेश भट्ट, सिद्धार्थ राय कपूर, धर्मा प्रोडक्शन्स र फक्स स्टारसँग सम्बन्धित प्रतिनिधिहरुको  सहभागिता रहेको थियो । 
 
 शुक्रवार राजनाथ सिंहले चलचित्रको बिषयलाई लिएर मुख्यमन्त्री फडणवीसलाई भेटेका थिए । उनले दिवालीको अवसरमा कुनै प्रकारको विवाद राख्न नहुने सुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ