arrow

टेष्ट क्रिकेटमा अष्ट्रेलिया चम्क्यो, मार्श र भोग्सको दूर्लब प्रदर्शन

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
voges.jpg.jpeg
एजेन्सी । अष्ट्रेलियाले वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेटमा शानदार प्रदर्शन गरेको छ । तीन खेलको टेष्ट श्रृंखलामा अष्ट्रेलियाको विष्फोटक प्रदर्शनले पाहुना टोली निकै दबाबमा परेको छ । पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ५ सय ८३ रनको कीर्तिमानी रन जोडेर पहिलो इनिङ्ग समाप्तिको घोष्णा गरेको छ ।
 
अष्ट्रेलियाले मात्र ४ विकेट गुमाएर उच्च योगफल बनाएको हो । अष्ट्रेलियाका एडम चाल्र्स भोग्सले दुई सय ८५ बलको सामना गर्दै दुई सय ६९ रन बनाए । भोग्सले अष्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले यसै वर्ष बनाएको कीर्तिमानलाई उछिनेका छन् । वार्नरले नोभेम्बरमा न्युजिल्याण्डविरुद्ध दुई सय ५३ रन बनाएका थिए । यद्यपि, टेष्ट क्रिकेटमा एकै इनिङ्गमा उच्च स्कोर बनाउने कीर्तिमान वेष्ट इन्डिज क्रिकेटर ब्रेन लाराको नाममा छ ।लाराले सन् २००४ मा इङ्गल्याण्डविरुद्ध ४ सय रन पूरा गरेका थिए ।  
 
पछिल्लो समय भारतीय क्रिकेटर विरेन्द्र सेहवागले २००८ मा दक्षिण अफ्रिकाविरुद्ध ३ सय १९ रन बनाए थिए । यस्तै, शान मार्श र भोग्सले चोथो विकेटका लागि सर्वाधिक ४ सय ४९ रन बनाउँदै टेष्ट क्रिकेटमा अहिले सम्मकै कीर्तिमानी साझेदारी गरेका छन् । मार्श एक सय ८२ रनमा आउट हुँदा भोग्स अविजीत रहे । घरेलु टोलीले पहिलो इनिङ्ग सुरु गर्दा ८१ रन बनाएको अवस्थामै ४ विकेट गुमाईसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ