arrow

रामदेवले अव कपडा उद्योगमा लगानी गर्ने

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
ramdevbaba.jpeg
एजेन्सी । भारतीय योगगुरु रामदेवले शनिबार इन्डोरि स्थित ‘ग्लोबल इन्भेस्टर सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै ठट्यौली र ब्यंगात्मक धारणहरु राखे । समारोहलाई सम्बोधन गर्ने क्रममै रामदेवले अब पतञ्जलीले कपडा उद्योगमा व्यापक लगानी गर्नै जनाएका छन् ।
 
 रामदेवले पतञ्जलीले कोटदेखि लङगट (भित्रि वस्त्र) सम्म उत्पादन गर्ने बताउँदै अब कपडा पतञ्जलीको अर्को ठूलो केन्द्रविन्दु रहेको बताए । अर्को वर्ष पतञ्जलीले कपडामा ठूलो धमाका मच्चाउने बताउँदै मानिसहरुले अहिले जिन्सको मात्र कुरा गरेपनि अब पतञ्जलीले कुर्ता, पाजामा, सारी, र कोटदेखि लङगटसम्म उत्पादन गर्ने उनले जनाए । रामदेवले अरु कम्पनीहरु एकल अंकले वृदि भइरहेको अवस्थामा आफ्नो पतञ्जली भने सतप्रतिशतले वृदि भएको बताए । समारोहमा लामो भाषण दिएका रामदेवले कपडामा लगानी गर्ने बताए पनि कति लगानी गर्ने भन्नेबारे केही बताएनन् । 
 
उनले आयुर्वेदिक औंषधि, प्राकृतिक खाना, प्राकृतिक पेय पदार्थ, होम केयर साथै डेरीको क्षेत्रमा समेत उनको उद्योगले ठुलो सफलता हाल पारेका छन् । प्राकृतिक खाना उत्पादनमा आफुले करिब १० हजार मानिसलाई रोजगारी प्रदान गर्ने पनि उनले बताए । गत वर्षको तुलानामा यो वर्ष पतञ्जलीको कारोबार १ सय ५० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २ हजार करोडको कारोबार गरेको पतञ्जलीले २०१५-१६ मा ५ हजार करोडको कारोबार गरेको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ