arrow

राष्ट्रिय फुटसल लिग : बीजी ब्रदर्शको पहिलो जित

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
FOOTSAL-news-new.jpeg
काठमाडौं । रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार भएका खेलमा बीजी ब्रदर्शले पहिलो जित हात पारेको छ भने बानेश्वर रिक्रियसन सेन्टर र आदर्श फुटसलले बराबरी खेलेका छन् ।
 
बीजी ब्रदर्श फुटसलको होम ग्राउन्ड कोटेश्वरमा भएको खेलमा अवे टिम कीर्तिपुर फुटसललाई ७–१ गोल अन्त्रले पराजित गर्दै बीजी ब्रदर्शले लिगमा पहिलो जित हात पारेको हो । बीजी ब्रदर्शलाई जिताउन आकाश लामा र राजेन्द्र देउलाले ह्याट्रिक गरे भने प्रकाश तामाङले एक गोल गरे । 
 
कीर्तिपुरका एपेक्स महर्जनले टोलीका लागि सान्त्वना गोल फर्काए ।  बीजी ब्रदर्शलाई जिताउन ह्याट्रिक गरेका आकाश लामा खेलको म्यान अफ द म्याच घोषित भए ।   
 
त्यसैगरी बानेश्वर रिक्रियसन सेन्टर बानेश्वरमा भएको पहिलो खेल बराबरीमा समाप्त भएको छ । बानेश्वर रिक्रियसनको होम ग्राउन्डमा भएको खेलमा बानेश्वरले अवे टिम आदर्श फुटबलसंग ५–५ गोलको बराबरी खेल्यो ।
 
बानेश्वर रिक्रियसन सेन्टरका लागि कफ्र्यु रसाइलीले ह्याट्रिक गरे भने एक मनिष रानाले गरे । अर्को एक गोल बानेश्वरले आत्मघती रुपमा आदर्श फुटसलबाट उपहार पायो । 
 
त्यसैगरी आदर्श फुटसलका समिर कार्की, राजु बुढाथोकीले दुई–दुई गोल गरे भने उत्सव रानाले एक गोल गरे । यस खेलको म्यान अफ द म्याचको पुरस्कार बानेश्वर रिक्रियसन सेन्टरका कफ्र्यु रसाइली घोषित भए ।
 
नेपाली फुटसल इतिहासकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिगमा समूह एमा सीतापाइलाको किकअफ ढुकु फुटसल ९ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ भने समूह बीमा शंखमुल फुटसलले ६ अंकसहित शीर्ष स्थान ओगट्दा कुमारी र ताहाचल फुटसल पनि ६ अंक नै लिएर शंखमुललाई पछ्याइरहेका छन् ।  
 
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ