arrow

रहेनन् प्रजातन्त्र सेनानी मिश्र

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
Congres-FNL.jpg.jpeg
विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने प्रजातन्त्र सेनानी रामप्रसाद मिश्रको निधन भएको छ । प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य समेत थिए । 
 
प्यारालाइसिस, दम तथा सुगर रोगवाट पीडित रहेका मिश्रको ७१ वर्षको उमेरमा विराटनगरस्थित नोवेल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
 
मिश्रको विराटनगरको हाटखोलास्थित सिंगिया घाटमा अन्तिम संस्कार गरिएको छ । मिश्रलाई श्रद्धान्जली दिन कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य, नेपाली कांग्रेस मोरङ सचिव नोगेश कोइराला अर्का जिल्ला सचिव मोदराज घिमिरे त्यहाँ पुगेका थिए । नेताहरुले पार्टीको झण्डा ओढाए ।
 
मिश्रको निधनले पार्टीलाई ठूलो क्षति पुगेको नेता आर्चायले बताए ।  मिश्रका दुई छोरा र एक छोरी छन् । उनको अन्तिम संस्कारमा ठूलो संख्यामा पार्टीका नेता तथा कार्यकर्ता, वुद्धिजिवी, स्थानीयहरु सहभागि भएका थिए । 
 
सिरहा घर भएका मिश्र विरामी भएपछी उपचारका लागि विराटनगर ल्याइएको छोरा विजय मिश्रले बताए । दशैँपछि मिश्र बढी थलिएका हुन् । मिश्र लामो समयदेखि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका संघर्षरत रहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ