arrow

यस कारण आराध्याका बुवा रणवीर, ऐश्वर्याले खोलिन् रहस्य

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
ranbirass.jpeg
एजेन्सी । चलचित्र  ‘ए दिल हे मुश्किल’ मा रणवीर कपुर र ऐश्वर्या राय बच्चनले पहिलो पटकसँगै अभिनय गरेका छन् ।  हालै  अभिनेत्री ऐश्वर्याले एक म्यागजिनलाई दिएको अन्तर्वार्ताले सबैलाई आश्चर्यमा पारेको छ । 
 
 ऐश्वर्याले अन्तर्वातामा भनेकी छन् -  चलचित्र सुटिङको क्रममा एक दिन उनकी छोरी आराध्याले रणवीरलाई पछाडिबाट अँगालिन् । ऐश्वर्याका अनुसार रणवीरले सो दिन कालो ज्याकेट लगाएका थिए जुन अभिषेकले लगाउने सँग मेल खान्थियो । ऐश्वर्याले छोरि आराध्यालाई प्रश्न गर्दा उनि आफ्नो बुवा सम्झेर अँगालो लगाएको बताइन् । 
 
ऐश्वर्याले अन्तर्वाताको क्रममा आराध्या रणवीरलाई अंकलको साटो आरके भन्ने गरेको सुनाइन् । ऐश्वर्राले भनिन् , ' आराध्यालाई रणवीरसँग चलचित्र तमाशाको गीत मटरगस्तीमा नाच्न खुब रमाइलो लाग्छ ।'
 
चलचित्र ‘ए दिल हे मुश्किल’ मा रणवीर कपूर, ऐश्वर्या राय बच्चन, फवाद खान र अनुष्का शर्मा मुख्य भूमिकामा रहेका छन् । चलचित्र अक्टोबर २८ मा रिलीज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ