arrow

निःशुल्क दिने औषधी बेच्नेसँग स्पष्टीकरण माग

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
madicine.jpeg
काठमाडौं । काभ्रेको तालढुङा स्वास्थ्य चौकीका सिनियर अहेव रामपुकार यादवसंग जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले स्पष्टीकरण माग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई जाँच गरी निःशुल्क दिनु पर्ने औषधीलाई चर्को मुल्यमा विक्रि गरेको समाचार विभिन्न संचार माध्यमहरुमा आएकाले यादवसँग स्पष्टीकरण माग गरिएको हो ।
 
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजाराम अधिकारीले पठाउनु भएको स्पष्टीकरणपत्रमा “समाचारमा आएको जस्तो वास्तविकता के हो ? पत्र बुझेको २४ घण्टा भित्र आफै उपस्थीत भई लिखित जवाफ सहितको स्पष्टीकरण दिनुहोला” भनिएको छ । निर्धारित समयमा चित्तबुझ्दो जवाफ नआएमा नियमानुसार कारवही गर्न वाध्य हुने चेतावनी पनि पत्रमा दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ