arrow

अख्तियारको नाममा मनपरि, रोक्ने कसरी ?

logo
दिनेश शिवाकोटी,
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
CIAA-nepal-new.jpg.jpeg
लगभग दुईहप्ता यता पुरै राज्यका शक्ती र प्रमुख दलहरुको दैनिकी हेर्दा लोकमान सिंह कार्कीलाई रास्ट्रप्रमुख को भन्दा बढी प्रचार गरिदै छ । बिभिन्न बहानामा जसरी लोकमान बिरुद्द दलहरु एकजुट हुदै छन के अब रास्ट्रनिर्माणमा नि एक होलान त ? कुरो बुझ्नुमा छ र समयले उत्तर लिएर आउनेछ । यहिनेर अख्तियार के हो त्यहाँ कसरी काम हुन्छ र अरु कर्मचारी र त्यहाँको कर्मचारी बिच के भिन्नता छ ? केहि मेरो तितो अनुभब बाँड्ने जमर्को गर्छु । जसको कारण म नि छानबिनमा पर्न सक्छु । कर्मचारीको हैसियतले तर परेको बेहोर्नुपर्छ र बेहोर्नेछु ।
 
कुरो हो चौतारा अस्पतालको माटो परिक्षणमा अख्तियारको बिशेष टोलिसंगै जाँदा जुन काम भयो जसरी भयो त्यो देखेर म आजसम्म अचम्मित र अनुतरित छु । उक्त समयमा ड्रिलरको काम गर्ने गरि यो पंक्तिकार, नेपाल बिद्युत प्राधिकरणका कर्मचारी र अख्तियारका कर्मचारीहरु समेत भई चौतारा अस्पतालको लागी ढलान स्ल्याबको परिक्षणको लागी खटि गएका थियौ । उक्त समयमा भएको काम कारबाहीको बिषयमा अख्तियार प्रमुखलाइ सचेत नागरिकको हैसिततले त्यो जाँच प्रतिवेदन सार्बजनिक गर्न माग गर्दछु । प्राबिधिक टोलिको नमुना संकलनकर्ता ड्रिलरको अनुभब अनुसार केका लागी त्यो नाटक मन्चन गरिएको थियो अनि गरिन्छ ।
 
जुन काम गरे बापत सम्बन्धितले माटो ढुङ्गा कंक्रिट जांच बापतको रकम प्राधिकरणलाई आजसम्म भुक्तानि गरेको छैन र डरले भन्नुपर्छ नेपाल बिधुत प्राधिकरणको प्रयोगशालाले ताकेता गर्ने आट पनि गरेन ।
 
जसरी हाम्रो टोली अख्तियारका टोलीसँगै निर्माणस्थल चौतारा अस्पताल पुग्यो त्यहाँ पहिलो पटक ससुराली गएझै सम्मान पाइयो जुन ५ तारे होटल बराबरको सुबिधा जस्तै गरि बिदेशी रक्सीदेखि अनेक थरिको परिकारलाई सबै मिलेर चार दिनसम्म मेजमानी खाइ ठुलो युद्ध जितेको जस्तै गरि टोली फर्किएको घटना मैले आज सम्म भुलेको छैन ।
 
मेरो पहिलोपटक अख्तियार टोलिसंग काम गर्ने साइत जुरेको थियो र बडो इमान्दार भै काम पुरा गरे । टोली मध्यमा दारु पनि नखाने कर्मचारीको हैसियतले । तर त्यो समयमा मेरो प्रश्नबाट तत्कालीन अख्तियार टोली प्रमुख समेत झस्किएका घटनालाई मैले आजसम्म भुलेको छैन र भुल्ने कुरापनि भएन ।
 
मैले अख्तियारका टोली प्रमुखलाई प्रश्न गरेको थिए ‘यो जति खर्च हामीले गरेका छौ यसको भुक्तानी कहाँबाट हुन्छ र कसले गर्छ ? सहज उत्तर आयो ठेकदारले गर्छ । अनि उसले त्यो पैसा उसले त्यो पैसा कुन श्रोतबाट तिर्छ भन्दा जवाफ पाईन र म चुपचाप भए ।
 
अब मेरो प्रश्न यसरि गरिने छानबिनले नतिजा कस्तो आउछ ? अनि एउटा कर्मचारीले एकै रातमा हजारौं खर्च गर्ने अधिकार कहाँबाट आउछ ? अनि यस्तो कार्यले लोकमान किन तानाशाह बन्दैनन ? लोकमानलाई तानाशाह बनाउने तपाईं हामी होइनौ ? अब कारबाही कसलाई र किन ? अनि त्यो नेबिप्राको बिल भुक्तानी कसले गर्ने ? अख्तियारलाइ छानबिन गर्ने कुनै निकाय छैन ? त्यो चौतारा अस्पतालको प्रतिवेदन सार्बजनिक गरि दोषीलाइ कार्बाही गरिनुपर्छ अनि त्यो भुक्तानी अख्तियारका तत्कालिन कर्मचारीहरुबाट असुल उपर गरिनु पर्दछ ।
 
गणतन्त्र नेपालमा सबै कर्मचारी समान हैसियत को हुनु पर्छ र कसैलाइ ३५० प्रतिशत भत्ता कसैलाइ भने सुक्खा तलब ? यस्तो बिभेदको अन्त्य समेत हुनुपर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ