arrow

तिहार नजिकियो, शुक्रबार कागतिहार, भाइटीकाको उत्तम साइत ११ः५२ बजे

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
bhaitika.jpeg
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कार्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको जनाएको छ । 
 
समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 
 
“यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कार्तिक शुक्ल द्धितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उनले भने । 
 
कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्धितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । 
 
यस वर्ष कार्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कार्तिक १६ गते भाइटीका परेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ