arrow

अमेरिकालाई डुटर्टीको चेतावनी: आफु शक्तिमा रहिरहे सैन्य सम्झौंता टुट्ने

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
Dutarti.jpeg
एजेन्सी। फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटर्टीले आफु शक्तिमा रहिरहे सन्य सम्झौंता टुट्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन् । मंगलबार जापान भ्रमणको पूर्वसन्ध्यामा डुटर्टीले आफुले अमेरिकासँग लडाँइ सुरु नगरेपनि आफु थप केही समय शक्तिमा रहे दुई मुलुकबीचको सैन्य सम्झौंता टुट्ने बताएका छन् । 
 
डुटर्टीले आफु फिलिपिन्समा कुनै पनि वाह्य सैनिक फौजको उपस्थितिको विपक्षमा रहेको बताउँदै अमेरिकाले अब फिलिपिन्ससँगको ‘इन्ह्यान्स डिफेन्स कपरेसन एग्रिमेन्ट इडीसीए’ लाई भुल्न सक्ने जनाएका छन् । 
 
अमेरिकासँगको निकट सम्बन्धको भ्रमलाई लिएर डुटर्टीले अमेरिकाले फिलिपिन्सलाई साङ्लोले बाधिँएको कुकुरलाई जस्तै व्यवहार गर्न नहुने बताए । डुटर्टीले  आफुले फिलिपिन्समा फिलिपिनी सैनिक बाहेक अन्य कुनै पनि मुलुकको सैनिक फौजलाई देख्न नचाहेको पनि प्रष्ट पारे । 
 
अमेरिकामाथि बेलाबेलामा खरो टिप्पणी गर्ने कारण डुटर्टी यतिखेर चर्चामा छन् । डुटर्टीले आफ्नो चीन भ्रमणका क्रममा आफु अमेरिकाबाट अलग्गिएको घोषणा गरेका थिए । अमेरिकाले पनि फिलिपिन्सको सो घोषणाको स्पष्टिकरण खोज्ने बताएपछि फिलिपिन्सले सम्बन्ध पूर्ण रुपमा टुटाउन नखोजेको बताउँदै मात्र अमेरिकासँगको निर्भरतालाई तोड्न खोजेको जानकारी गराको थियो । 
 
केहि समय अघि डुटर्टीले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कुकुरनीको छोरो भनेपछि उक्त कुराले विश्वभर सनसनी मच्चाएको थियो । पछिल्लो समय डुटर्टिका कारण अमेरिका र फिलिपिन्सको सम्बन्धमा चिसोपन बढेको छ । यद्धपि डुटर्टीको चीन भ्रमणले भने फिलिपिन्स र चीनबीचको सम्बन्धमा सुधार आउने देखिएको छ । 
 
फिलिपिन्स र चीनबीचको साँठगाठ बढेपछि जापानले पनि आफुलाई सन्चो महशुस गरेको छैन । यतिखेर जापान फिलिपिन्सलाई अमेरिकामै फर्काउने रणनीतिमा लागेको छ । 
 
चीन भ्रमणमै रहेका बेला जापानले राष्ट्रपति डुटर्टीलाई जापान भ्रमणको निम्तो दिएको थियो । सोहि अनुसार मंगलबार डुटर्टी जापान भ्रमणका लागि टोकियो प्रस्थान गरेका छन् । डुटर्टीको जापान भ्रमणलाई लिएर फिलिपिन्स र अमेरिकाको सम्बन्ध सुधार हुने विश्वास लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ