arrow

लम्बियो महाभियोगबारेको छलफल : संसद २५ कार्तिकसम्म स्थगित

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
samsad-bhawan.jpeg
काठमाडौं । व्यवस्थापिका–संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध प्रस्तुत महाभियोगको छलफल लम्बिएको छ ।
 
मंगलबार दिउँसो बसेको संसद बैठकमा महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले टेबल गरेपछि सैद्धान्तिक छलफल आरम्भ भयो । संसद बैठक कार्तिक २५ गतेसम्मको लागि स्थगित भएसंगै छलफल लम्बिएको हो ।  बैठक कार्तिक २५ गते दिउँसो २ बजेका लागि बोलाइएको संसद सचिवालयका सह–प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए । 
 
कुँइकेलका अनुसार सैद्धान्तिक छलफल सकिएपछि मात्र महाभियोग प्रस्ताव छानविनका लागि संसदले हालै गठन गरेको महाभियोग सिफारिस समितिमा जानेछ । यसबीचमा तिहार र  भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने भएकाले समेत संसद १५ दिन सार्नु परेको हो । छलफल र छानविनको अवधि एवं समितिको प्रतिवेदन आउँन थप समय लाग्नेछ ।  
 
सांसद शाहीसहित १५७ जना सांसदले प्रमुख कार्कीववरुद्ध दर्ता गराएको महाभियोगको प्रस्ताव सदनमा कात्तिक ७ गते पेश भएको थियो । नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं व्यवस्थापिका–ससद् नियमावली, २०७३ को १३८ को उपनियम १ बमोजिम उक्त प्रस्ताव दर्ता गरिएको हो । प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्ताव दर्ता नेपालको संसदीय इतिहासमै पहिलो घटना हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ