arrow

चीन शक्तिशाली विस्फोट : १४ को मृत्यु, १४७ घाइते

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
gettyimages-617683774.jpeg
चीन । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने सान्सीमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी १४ को मृत्यु भएको छ भने, १४७ जना घाइते भएका छन् । फुगु राज्यको छिङमिन शहरमा निर्माणाधिन घरहरुलाई लक्ष्यगरी स्थानीय समयाअनुसार मध्याह्न २ बजे सो विस्फोट भएको थियो । 
 
घाइतेहरु मध्ये १०६ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ४१ जना उपचारपछि घर फर्किएको मङ्गलबार जनाइएको छ । मङ्गलबार विहान मात्रै उद्धार कार्य सकिएको थियो । 
 
आवासका लागि घर बनाईरहेका ठाउँमा बम विस्फोट भएको हो । विस्फोटबाट ५८ वटा घर र ६३ वटा कार ध्वस्त भएको छ । ती घरहरु स्थानीय गाँउलेहरुले नै बनाएका थिए । घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ