arrow

९९ प्रतिशत महिलाले अंश दाबी गर्दैनन्

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
women-right.jpeg
रोल्पा । सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ । 
 
जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले जानकारी दिए । 
 
अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो हुनाका साथै लामो पनि हुने भएकाले छोटोछरितो बाटो रोज्नका लागि अंश दाबी नगरेको हुन सक्ने बताइएको छ ।
 
 सम्बन्धविच्छेद गर्नेमध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहने गरेको र श्रीमती अर्कैसँग मायाप्रेममा फस्ने गरेको पाइएको छ । 
 
टाढा रहेका श्रीमान्सँगको माया पनि टाढिँदै जाने र नयाँ प्रेमीसँग नजिकिँदै जाँदा सम्बन्धविच्छेदको घटना बढ्दै गएको बताइन्छ ।
 
 सम्बन्धविच्छेद गरेकामध्ये शतप्रतिशतले दोस्रो विवाह गर्ने गरेको पाइएको छ ।
 
 दोस्रो विवाहका लागि परिपक्व कानुनी बाटो तय गर्नका लागि पनि सम्बन्धविच्छेद गर्नेले सम्पत्तिको दाबी नगरेको हुन सक्ने बनेपालीको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ