arrow

टोकियोमा नेपाली बिद्यार्थीका लागी सेमिनार

logo
संगिता कुवँर,
प्रकाशित २०७३ कार्तिक १० बुधबार
Japan_Seminar_Nepali_Studen.jpeg
टोकियो ।छोटो समयको लाभ भन्दा लामो समय मिहिनेत पछिको प्रतिफल मिठो हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जापानमा नेपाली बिधार्थी अरु देशको तुलनामा काम र पढाईमा छिटो घुलमिल बन्न सक्ने र मिहिनेत गर्नेहरुको लागी पनि राम्रो अबसर भएको बताएका छन् । 
 
एनआरएन जापान कान्तो र नेपाल विद्यार्थी समाज जापानको सहकार्यमा नेपाली  विद्यार्थीहरूका लागि अबसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जापानको विद्यार्थी जीवन, वर्तमान चुनौती, समस्या र भावी सम्भावनाका बक्तीले अनुभव बताएका थिए । 
 
नेपाली विद्यार्थीहरुले जापानमा पढ्दा अपनाउनु पर्ने नियम, प्राप्त गर्ने सुविधा तथा अफ्ठ्यारा विषयहरुको बारेमा कार्यक्रममा सहभागीहरु खाचुए सुजुकी, थागुची योसिहिरो, भुवन रोका, दिनेश रतला जोशी,डा. दिपेन्द्र गौतम, यशोदा बस्नेत, लगायतले बताएका थिए ।
 
कार्यक्रमको दोस्रो चरणमा उपस्थित व्यक्तिहरुले जापानमा रहँदा आफुले भोगेको जीवन भोगाई, उतारचढाव तथा सफलताका बारेमा बोलेका थिए ।
 
त्यसरी आफ्नो अनुभव सुनाउनेहरुमा जापानको प्रतिष्ठित कम्पनीमा काम गरिरहेका नेपाली विद्यार्थीहरु सचिन राई, विश्शेश्वर रेग्मी, सन्तु लामा मनिष बज्राचार्य र प्रकाश थापा रहेका थिए । जापानका लागि नेपालका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल उपस्थिति रहेक थियो । 
 
कार्यक्रममा अगुवाहरुले नेपाली समाजमा राजनीतिक विषयका कार्यक्रम गर्नुभन्दा सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिनु अत्यन्तै राम्रो काम भएको बताए । 
 
गत वर्ष पनि दश वटा जापानी कम्पनीहरुका प्रतिनिधिहरुलाई  तीन सय नेपाली विद्याथीहरुलाई रोजगारीका लागि सहजिकरण गरिएको थियो । आगामि दिनमा एनआरएनए कान्तोले विद्यार्थीहरुको स्तर हेरेर जापानी कम्पनीहरुसँग रोजगारीका लागि परामर्श कार्यक्रम गर्ने जनाइएको छ ।
 
कार्यक्रमलाई एनआरएनए कान्तो क्षेत्रीय समिति सचिव नविन न्युरे र जापान विद्यार्थी समाजका अध्यक्ष  सन्तोष चोखालले संचालन गरेका थिए   । दोस्रो चरणको कार्यक्रम ऋतु कुमार दुराको संचालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ