arrow

जापान पुगेर डुटर्टीले भने, ‘चीन भ्रमण अर्थसँग केन्द्रित, सैन्य मामिलामा कुरै भएन’

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
Dutarti.jpeg
एजेन्सी। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टीले अघिल्लो हप्ता आफ्नो चीन भ्रमण नितान्त अर्थसँग सम्बन्धित रहेको बताएका छन् । जापान भ्रमणमा रहेका डुटर्टीले आफ्नो उच्च स्तरीय चीन भ्रमणमा सैन्य मामिलामा कुरा नभएको प्रष्ट पार्दै बरु अमेरिकाकोबारेमा केहीँ तितो टिप्पणी भने भएको बताए । 
 
जापानी प्रधानमन्त्री सिन्जो अबीको विशेष निमन्त्रणामा मंगलबार जापान प्रस्थान गरेका डुटर्टीले अमेरिकासँगको सैन्य सम्झौंता खारेज हुनसक्ने जनाए । जापानी व्यावसायीका दर्शकसँग कुरा गर्दै डुटर्टीले आफुले चीन भ्रमणमा मात्र अर्थ सम्बन्धि कुरा गरेको र कुनै सैन्य मामिलामा संवाद नभएको प्रष्ट पारे । यद्धपि सैन्य मामिलामा संवाद गर्ने प्रस्ताव आएपनि आफुले त्यसलाई स्वीकार नगरेको उनले बताए । 
 
डुटर्टीले चीन भ्रमणको क्रममा आफु अमेरिकाबाट अलग्गिएको घोषणा गरेपछि सो कुराले विश्वभर सनसनी मच्चायो । डुटर्टीको उक्त निर्णय अमेरिकासँगै जापानको टाउको दुखाइको विषय बन्यो । त्यसैले चीन भ्रमणकै बखत जापानी प्रधानमन्त्री सिन्जो अबीले फिलिपिन्सलाई अमेरिकामै फर्काउने नीतिका साथ डुटर्टीलाई जापान भ्रमणका लागि निम्तो दिए । 
 
जापान आफ्नो लामो समयदेखिको असल मित्र रहेको बताउँदै डुटर्टीले आफ्नो पूर्वाधार, कृषि लगायत अन्य क्षेत्रमा जापानी लगानीको फिलिपिन्सले स्वागत गर्ने बताए । उनले फिलिपिन्स साङ्लोले बाधेंको कुकुर नभएको बताउँदै कसैले आफुलाई त्यस्तो व्यवहार गरे त्यसको खुलेर प्रतिकार गर्ने जनाए ।  
 
अबको दुई वर्षमा आफुले स्वतन्त्र विदेश नीति भित्र्याउन लागेको बताउँदै डुटर्टीले आफ्नो मुलुकमा बाह्य राष्ट्रको सैन्य समुहको उपस्थिति नरहने प्रष्ट पारे । बेलैमा अमेरिकाले आफ्नो सैन्य फौजलाई फिर्ता नबोलाए आफुले बाध्य भएर सैन्य सम्झौंता खारेज गर्नुपर्ने र त्यसले अमेरिकासँग थप तिक्तता बढ्ने उनले बताए ।  
 
डुटर्टीले बुधबार जापानी समकक्षी सिन्जो अबीसँग द्वपक्षीय भेटवार्ता गर्नेछन् । डुटर्टीको जापान भ्रमणलाई लिएर फिलिपिन्स र अमेरिकाबीचको सम्बन्धमा सुधार आउने आँकलन गरिए पनि अहिलेसम्म त्यस्तो कुनै छनक आएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ