arrow

कांग्रेसले जन भावना अनुसार निर्णय गर्छः मन्त्री लेखक

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ कार्तिक १० बुधबार
ramesh-lekhaka-420x250.jpg.jpeg
उदयपुर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नेपाली कांग्रेस प्रक्रिया र परिणाममा विश्वास गर्ने पार्टी भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने सवालमा प्रक्रिया भित्र छिरेको बताएका छन्। नेपाल प्रेस युनियन उदयपुर शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेसले जनताको भावना अनुसार मुलुकको हितमा निर्णय गर्ने दावी गरे।
 
“महाअभियोगको सवाल ब्यवस्थापिका संसदको विशेषाधिकार भित्र पर्छ” उनले भने,“ त्यसैले संसदीय दलमा छलफल गरेर निर्णय लिनु  आवश्यक छ ।” तर संसदीय दलले जनताको भावना अनुसारकै महत्वपूर्ण निर्णय गर्ने उनको भनाई छ ।
 
अब देश विकासको काम कसैले रोकेर रोक्न नसक्ने बताउँदै मन्त्री लेखकले शान्ति र स्थीरता विकासका पूर्वसर्त भएको उल्लेख गरे।“ बार्तामार्फत तराई केन्द्रीत दलका समस्या समाधान गर्दै संविधानको कार्यान्वयन गर्ने र विकास निर्माण गर्ने सरकारका प्रमुख एजेण्डा छन् ” उनले भने,“ एक बर्ष भित्रमा स्थानीय, प्रादेशिक र केन्द्रीय संसदको निर्बाचन सम्पन्न भएमात्रै संविधानको कार्यान्वयनले गति लिन्छ।” त्यसैले पनि सरकार मधेशका मुद्धालाई तत्काल समाधान गर्ने दिशामा अगाडि बढिरहेको उनको भनाई थियो।
 
“मुलुकमा शान्ति स्थापना भइसक्यो, नयाँ संविधान जारी भइसक्यो” उनले भने, “ त्यसैले सरकारले अब पहिलो प्राथमिकतामा पूर्वाधार विकास राखेको छ।” संविधानमा आबश्यक संसोधन गरेर तराई केन्द्रीत राजनीतिक दलका असंतुष्टिलाई संवोधन गर्ने तयारी सरकारले गरिरहेको उनले बताए। मन्त्री लेखकले मुलुकमा शान्ति स्थापना गर्ने काम सम्पन्न भइसकेकाले अब सरकारको एक मात्र दीर्घकालीन  लक्ष्य देश विकास भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ