arrow

फेसबुक मार्फत पुस्तकालयलाई एक महिनामा डेढलाख भन्दा बढि सहयोग

logo
नारायण रिजाल,
प्रकाशित २०७३ कार्तिक १० बुधबार
facebook.png.png
बागलुङ। धौलागिरी अंचलकै पुरानो पुस्ताकालय विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकास अभियानमा फेसबुकका माध्यमबाट सहयोग गर्ने व्यक्तिको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ।
 
अभियान चलाइएको एक महिना भित्र १ लाख ८१ हजार सङ्कलन भएको पुस्तकालयले जनाएको छ। सो अभियानबाट संस्थागत विकास कोष रु दश लाख पु¥याउने लक्ष्य रहेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए।
 
विसं २००३ मा स्थापित ऐतिहासिक पुस्तकालयका लागि देशविदेशबाट सहयोग प्राप्त भइरहेको छ। पुस्तकालयको विकासका लागि सुरु गरिएको ‘एक व्यक्ति एक हजार’ अभियान पनि फेसबुकबाटै प्रवर्द्धन भइरहेको छ। अभियानमा विद्यार्थी, शिक्षक, व्यपारी र समाजसेवीको सहयोग प्राप्त भएको छ। ‘फेसबुकबाटै अभियान चलाएपछि विभिन्न संघ संस्थाबाट पनि  सहयोग प्राप्त भइरहेको छ, विदेशमा रहेका नेपाली पनि अभियानमा जोडिनुभएको छ,’ राजभण्डारीले भने। हालै मात्र प्रत्यक्ष दृष्टी नेपाल नामक सामाजिक संस्थाल २५ हजार सहयोग गरेको छ।
 
नेपाल लाईबे्ररी फाउण्डेसनका युरोप संयोजक सोम सापकोटाले बिधुतिय पुस्तकालयको संचालनका आर्थिक श्रोत जुटाउनका लाग पहल गरेका थिए। अहिले फाउण्डेशनले ल्याएको विद्युतीय पुस्तकालय अन्तर्गत ९ हजार स्वदेशी तथा विदेशी पुस्तक इन्टरनेटको माध्यमवाट लाइन नभएपनि कम्प्युटरमा बसेर हेर्न सकिने व्यवस्था रहेको पुस्तकालयका सचिव राम थापा अविरलले बताए। विद्युतिय पुस्तकालयको स्थापना सँगै पाठकको संख्यामा पनि बृद्धि भएको।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ