arrow

म्यान्चेस्टर डर्बी भिडन्त : कसले मार्ला बाजी ?

म्यानयुलाई घरेलु मैदानको साथ, सिटी आफै अब्बल

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
luge-cup-nes.jpeg

एजेन्सी । म्यान्चेस्टर युनाइटेड र म्यानचेस्टर सिटी दुवै प्रिमियर लिगका महारथी हुन् । यी दुई महारथी लिग कपमा आमने–सामने हुँदैछन् । युनाइटेडको घरेलु मैदान ओल्डट्राफोडमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजेपछि सुरु हुनेछ ।

यो लिग कप अन्तर्गतको चौंथो चरणको खेल हो । खेलमा दुबै टोली एकअर्काको चुनौती पछ्याउन आतुर छन् । यो खेलको अर्को रमाईलो पक्ष जोजे मौरिन्हो र पेप ग्वार्डिओलाबीचको प्रतिस्पर्धा पनि हो ।

दुवै प्रशिक्षकको पृष्ठभूमि बलियो छ । स्टार म्यानेजरहरुको प्रतिस्पर्धाको फुटबल समर्थकले स्वाद लिने छन् । खेल कस्ले जित्दा भन्ने यसै भन्न सकिँदैन । यद्यपि, यी दुई टोली आमने–सामने भएको इतिहास केलाउने हो भने म्यानचेस्टर युनाइटेड केही बलियो देखिन्छ ।

विभिन्न लिग र प्रतियोगितामा गरेर यी दुई टोली अहिलेसम्म १ सय ६२ पटक आमने–सामने भएका छन् । जसमा युनाइटेडले ६६ खेल र सिटीले ४६ खेल जितेको छ । ५० खेल भने दुवैले बराबरी खेलेका छन् ।

पछिल्लो पटक यी दुई टोलीबीचको भेट जारी प्रमियर लिगमा भएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा बाजी भने सिटीले मार्‍यो । सिटीले युनाइटेडलाई २–१ गोलले स्तब्ध बनाएको थियो ।

सिटीको हकमा युनाइटेडका लागि घरेलु मैदान निकै फलदायी मानिन्छ । अहिलेसम्म युनाइटेडले सिटीसँग घरेलु मैदानमा ८२ खेल खेलेको छ । जसमा युनाटेडले ३७ खेलमा अनुकुल नतिजा निकालेको छ । १९ खेल सिटीको पोल्टामा पर्दा २६ खेल भने बराबरी भएका छन् ।

यो खेल पनि युनाइटेडको घरेलु मैदान ओल्डट्राफोडमा हुँदैछ । यसर्थमा घरेलु मैदानलाई सदुपयोग गर्न सके युनाइटेडका लागि अनुकुल नतिजा हात लाग्न सक्छ ।

यद्यपि, इतिहासको आधारमा खेलको नतिजा टुंगो लाग्छ भन्ने यकिन छैन । खेल नतिजाको पूर्वानुमान गर्न टोलीको पछिल्लो प्रदर्शनलाई आधार मान्ने गरिन्छ । पछिल्लो गतिविधिको कुरा गर्दा यी दुबै टोली प्रमियर लिगको दौडमा छन् ।

जारी प्रिमियर लिगमा सिटी राम्रो लयमा छ । मुख्य उपाधि दाबेदारको रुपमा हेरिएको सिटी २० अंकसहित तालिकाको शिर्ष स्थानमा छ । लिगमा सुखद सुरुवात गरेको युनाइटेड भने पछिल्ला खेलहरुमा कठिन परिस्थतिबाट गुज्रिएको छ । युनाइटेड १४ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

पछिल्लो प्रदर्शनलाई लिएर यो खेलमा सिटी हाबी हुने फुटबल पण्डितहरुको अनुमान छ । यद्यपि, अवे मैदानमा अनुकुल नतिजा निकाल्न उिसलाई पक्कै सहज हुने छैन ।

दुबै टोलीले यो खेलका लागि आफ्नो टिम ‘लाइन अप’ सार्वजनिक गरको छैन । दुवै टोलीले यो खेलमा आफ्ना केही मुख्य खेलाडीहरुलाई गुमाउने देखिन्छ । सिटीले मिडफिल्डर केभिन डे ब्रायनसँगै पाब्लो जाबालेटालाई यो खेलमा गुमाउने भएको छ ।

यता इरिक बेली घुँडाको घाँउले चोटग्रस्त भएपछि युनाइटेडले पनि आफ्ना भरपर्दा डिफेन्डरलाई गुमाउने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलहरुमा विश्राम लिएका वायन रुनी यो खेलमा फर्किने–नफर्किने बारे युनाइटेडले माइन्ड मेकप गरिसकेको छैन ।  

लिग कप अन्तर्गत राति हुने अन्य दुई खेलमा चेल्सीले वेस्ट ह्याम युनाइटेड र सण्डरल्याण्डले साउथह्याम्पटनको सामना गर्नेछ । दुबै खेल राति साढे १२ बजेपछि हुने छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ